अपडेट 
२०७८ असार २८, सोमबार ०७:२१

प्रधानमन्त्री के.पी.शर्मा ओलीले प्रतिनिधि सभालाई विघटन गरी नयाँ निर्वाचनको मिति तोकिसकेपछि त्यस सरकारबाट ऐतिहासिक उपलब्धि हासिल गर्न सकिने विश्लेषण गर्दै जसपाले त्यसमा सहभागिता जनाउनु आश्चर्य नै थियो ।आखिर तिन साता मै उनीहरु उपमानितभएर मन्त्रिमण्डलवाट वाहिरिन वाध्यपनिभए । संविधानमा आवश्यक संशोधन गराई मधेशी, दलित, जनजाति, आदिवासीएवं उपेक्षितवर्गको हक, हितएवं अधिकारलाई सुरक्षित गराउने, कैलालीबाट निर्वाचित सांसद रेशमचौधरीको मुद्दालाई फिर्ता गराउने र जन्मसिद्धको आधारमानागरिकताप्राप्त गरेकाहरुको बालिग सन्तानलाई बंशजको आधारमानागरिकताप्रदानगरिने व्यवस्था सुनिश्चितगर्न महन्थ ठाकुर एवं राजेन्द्र महतो समुहको जनता समाजवादी पार्टीले नेकपाएमालेका अध्यक्ष के.पी.शर्मा ओली नेतृत्वको सरकालाई पूर्ण समर्थन गर्दै त्यसमा सहभागिताजनाउने कामगर्यो ।

जसपा ठाकुर पक्षका एक दर्जन जतिनिर्वाचित सांसदहरु ओली सरकारमाअवश्यपनि सहभागिताजनाए तर मधेशको मुद्दाको सम्बोधनभएन । कतिपयले महन्थ ठाकुरलाई दोस्रो वेदान्नदको संज्ञा पनिदिईरहेका छन् भने केहीले महन्थ ठाकुर गलत सहयोगीएवं सल्लाहकारहरुबाट घेरिएका कारण जीवनभर कमाएकामान–सम्मान, लोकप्रियता र प्रतिष्ठा गुमाउनबाध्यभएका छन् भन्ने आरोप समेत लगाइरहेका छन् । सर्वोच्च अदालतबाट नागरिकता सम्बन्धीआध्यादेशको कार्यान्वयनमा रोक लगाउने अन्तरिम आदेश जारी भएसंगै जसपा र यसका नेताहरुको मधेशकाजनताप्रतिको नियतलाई पनिप्रर्दशित गरेको छ । मधेशी नेताहरुको अस्थिर राजनीतिकचरित्र पनिमधेशका समस्यालाई सामाधानहुनदिएको छैन। वि.स.२०५२ सालमा नेपालीकाँग्रेसका नेता शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारमापहिलो पटक मन्त्रीबन्दा गजेन्द्र नारायण सिंहको पनित्यतिबेलाआलोचनाभएको थियो । नेपाल सद्भावना पार्टीका अध्यक्षभएकानाताले उनले मन्त्रीबन्नु हुदैन्थ्यो भने आमधारणा मधेशको थियो । पार्टीअध्यक्षले प्रधानमन्त्रीमात्रै बन्नु पर्दछ भने विश्लेषण कतिपयको थियो । गजेन्द्रनारायण सिंहले शुरु गरेका यो परम्परा पछिका दिनमाविकृतिबन्नगयो र पार्टी अध्यक्ष बनेपछि सांसद बन्ने, बनाउने तथामन्त्रीबन्ने र बनाउने कुरा आफनो विशेषाधिकार हुन जान्छ भन्ठाकेर आफनो मातृ पार्टीलाई फुटाउने,नयाँ पार्टी गठन गर्ने, एकीकरण गर्ने, खरिद बिक्रीगर्ने लगायतकाकामहरु मधेसी दलकानेताहरुबाट व्यापक रुपमा नै भएका छन् । गजेन्द्रनारायण सिंहले २०४८ सालमा रामजनमतिवारीलाई राष्ट्रियसभामा न पठाई जातियआधारमाप्रतिनिधि पठाउने जुनगल्ति गरेका थिएत्यसको पुनरावृतिविगततीनदशक देखि हुदै आएको छ ।

मधेशीदलमात्याग सर्मपण र योगदानको कदर हुदैन, त्यहाँअध्यक्षप्रतिवफादार अथवातिनलाई खरिद गर्ने क्षमताभएकाहरुको मात्रै मुल्यांकनहुन सक्दछ भन्ने आमधारणा रहेको छ । गजेन्द्रनारायण सिंह पहिलो पटक मन्त्रीनियुक्त भएपछि रामजनमतिवारीलाई भेट्न बिरगंजपुगेका थिए । रामजनमतिवारी तराई काँग्रेसका संस्थापकमहासविचथिए र वि.स. २०४७ सालमापनि नेपाल सद्भावना पार्टीको स्थापनामापनिउनको महत्वपूर्ण भूमिकाथियो । शुरुमा त रामजनमतिवारीले गजेन्द्र नारायण सिंह सित भेट्न अस्वीकार गरेका थिए तर आफनो घर आएका मान्छेलाई नभेट्नु अतिथिको अपमानहुने सुझाव परिवारिक सदस्यहरुले दिएपछि उनले गजेन्द्रनारायण सिंहलाई भेटे तर “काहो गजेन्द्र तुहु त बेदेनन्दहो गईल”? (क्याहो गजेन्द्र नारायण, तिमीपनि बेदान्नदझा नै भइहारल्यो पनिमधेशीदलहरुमा सत्तामुखी नेतालाई बेदान्नदझा को संज्ञा दिने गरिन्छ । रामजनमतिवारी जिन्दगीभर लोकतन्त्रवादीएवं मधेशवादीथिए तर कहिल्यै पदको चाहना गरेनन । साचो अर्थमाउललाई मधेशीको गान्धी घोषित गरिनु पर्ने हो । वि.स. २०६४ सालको मंसिरमाजतिबेलामहन्थ ठाकुरले नेपालीकाँग्रेसलाई परित्याग गरी मधेसको राजनीतिगर्ने निधो गरे । बृहत राजनीतिशान्तिनिर्माण को ब्यानर मूनिउनले तराई मधेशकालोकतान्तिक पार्टीको गठन गरी नेपालीकाँग्रेस, नेपाल सदभावना पार्टी राप्रपा र नेकपाएमालेका केही नेताहरु यस पार्टीका सहभागीथिए । तमलोपामाजतिपनि नेताहरु थिएती सबै मत्तनी र सांसद रही सकेका थिए । यस्तो टिमबाट बढी चमत्कारिक परि र्वतनको अपेक्षापनिगर्न सकिन्थ्यो । तराई मधेशको राजनीतिकक्षितिजमात्यतिबेलाउपेन्द्र यादव नै सर्वाधिकचम्किलातारा थिए ।

महन्थ ठाकुर आफनो लामो राजनीतिकअनुभव, जोडता, तर्कक्षमताएवं निडरताका कारण चाडै नै मधेशको सम्मानितअग्रनी नेताहुनपुगे । हृदयेस त्रिपाठी जस्ताहरुले सहज रुपमाउनलाई आफनो नेता ठान्नु उनको ठूलो उपलब्धिथियो । वि.स. २०६४ र वि.स. २०७० को संविधान सभानिर्वाचनमाउनीआफनो परम्परागतनिर्वाचन क्षेत्र सर्लाहीबाट पराजितभएकाथिए । विगत १४ वर्षमाउनीमन्त्रीबन्ने इच्छा व्यक्त गरेनन, त्यसको सम्भावनापनिथिएन । संम्भवत् राष्ट्रपतिवाप्रधानमन्त्रीको जिम्मेवारी आएस्वीकार गर्ने उनको भित्रीचाहनाहुन सक्दछ । पहिलो संविधानसभामामनोनित कोटाबाट भरसक उनी सांसद बनाइएकाथिए । पहिलो संविधानसभाको अन्ततिर नेकपाएमाले विभाजितभईसकेपछि माओवादी,मधेशवादीदल र अशोक राई नेतृत्वक संख्यालाई जोडी दिदात्यो दुई तिहाई सम्महुनपुग्दथ्यो जुनकि संविधाननिर्माणको निम्तिचाहिने आवश्यक संख्या पनि थियो । पहिलो संविधानसभामा नेपालीकाँग्रेस र नेकपाएमाले साहै रक्षात्मकअवस्थामाथियो । एउटा राम्रो संविधानको निर्माण हुन सक्ने बलियो आधार प्राप्तभएको थियो । परिर्वतनकापक्षधर माओवादी र मधेशवादीतथापहिचानकापक्षधर अशोक राई समुहको समर्थनबाट बन्ने संविधान सर्वथा पूर्ण हुन सक्दथ्यो तर अन्तकालसम्मको आयु बोकेको पहिलो संविधानसभामा यथेष्ठ बहुमतहुँदापनि संविधानको निर्माण नै नगरी संविधानसभाको विघटन गर्ने पार्टी नै अहिलेको जनता समाजवादी पार्टी हो । महन्थ ठाकुर जस्ता सम्मानित नेताले त्यतिबेला हस्क्षेपकारी भूमिकानिर्वाह गर्न सक्नु पर्दथ्यो ।

दोस्रो संविधानसभाबाट फास्ट ट्रयाक मार्फत संविधानको निर्माण भइरहदाशिर्ष मधेशी नेतृत्वले सेतुको भूमिकानिर्वाह गर्न सक्नु पर्दथ्यो । २०७२ को मंसिरमाजतिबेलातत्कालिनभारतीयविदेशमन्त्री सुष्मा स्वराजले मधेशीदललाई आन्दोलनको हठ त्याग गरी तत्कालओली सरकारले प्रस्तुतगर्न लागेको संविधान संशोधनको प्रस्तावमासहभागिताजनाउन सुझावदिदापनित्यतिबेलामधेशी नेताले त्यसको वास्ता गरेनन् । महन्थ ठाकुरको सुझावलाई कसैले पनिवास्ता गरेनन् । त्यतिबेलादेखि नै उनले आफुलाई तटस्थ राख्नु पर्दथ्यो तर होईन बिहारका पूर्व मुख्यमन्त्रीलालु प्रसाद यादवसितआन्दोलनको तरिका सिक्न र सहयोग माग्नउपेन्द्र यादव, महेन्द्र राययादव, राजेन्द्र महतो र तमलोपाका सांसद जंगीलाल रायलाई पनि पटना बठाउने कामभयो । त्यतिबेलामहन्थ ठाकुरले आफनाप्रतिनिधिलाई पठाउनु हुदैन्थयो । वि.स.२०७४ सालको स्थानीयतहको निर्वाचनमा सहभागिताजनाएर मधेशीदलहरुले जन्मजातपोलियोग्रस्त संविधानलाई स्वीकार गर्न बाध्यभए । प्रादेशिकसभाको निर्वाचनमा सहभागिताजनाएर ८ जिल्लालाई मात्रै मधेश मान्ने कुरामा समर्थन जनाए । राष्ट्रियसभाको निर्वाचनमा पटक पटक सहभागिताजनाएर यस मुद्दालाई पनितिलाञ्लीदिने कामभइसकेको छ । प्रतिनिधिसभाको विघटन भइसकेको रचुनावको मितितोकि सकिएपछि पनिअन्तरिम सरकारमा सहभागिताजनाउनु पदलोलुपताको पराकाष्ठा हो ।

प्रधानमन्त्रीओलीप्रतिको आशक्तिका कारण जसपाविभाजितभईसकेको अवस्था छ, प्रदेश नं. २ को सरकारमा नेपालीकाँग्रेस सहभागीभईसकेको छ । आखिर ओलीप्रेमले जसपालाई के दियो ? राजनीतिक मुद्दालाई छोडेर सत्ताको आलिंङगनगर्नुलाई जायज कसरी मान्ने ।

Comment


Related News

Latest News

Trending News