२०७८ असार २८, सोमबार ०७:४२

धनुषाको मिथिला बिहारी नगरपालिका ३ मिथिलेश्वरबाट आइतवार दिउँसो प्रहरीले चोरीका दुई मोटरसाइकल बरामद गरेको छ ।

साथै दुई पेशेबर चोर पनि पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगर ८ पिडारी चोकका १६ वर्षीय रिहान खान र मिथिला बिहारी नगरपालिका ३ का १९ वर्षीय समिर खान रहेका छन् । उनीहरुले चोरी गरेर चढेका १६० सिसि रातो कलरका अपाचे र १५० सिसि कालो–रातो पल्सर मोटरसाइकल बरामद गरिएको छ । म ा े ट र स ा इ क ल ब ा ट नम्बर हटाइदिएको छ । दुबै मोटरसाइकलमा चार जना चढेका थिए । आशंका लागेर प्रहरीले मोटरसाइकल चेकजाँच गर्न खोजेको थियो । तर उनीहरु भाग्न खोजेपछि ईलाका प्रहरी कार्यालय तारापट्टीका असई विलेक्षण यादव कमाण्डको टोलीले लखेटेर दुवै जनालाई समातेका छन् । अन्य दुई जना फरार भएको बताइएको छ । फरार दुई युवकको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ति दुई किशोरले शनिवार राति जनकपुरबाट दुबै गाडी चोरी गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

Comment


Related News

Latest News

Trending News