२०७८ असार २८, सोमबार १३:००

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाउने सम्भावनाका बीच काठमाडौंमा चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ ।

फैसलाले जन्माउने परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको हो । आज काठमाडौंका सडकमा ७०० बढी प्रहरी परिचालन गरिएको गृहमन्त्रालय स्रोतले बताएको छ । सुरक्षा निकायले सर्वोच्चको नतिजा जस्तो पनि आउन सक्ने भएकाले तयारीमा रहन मातहतलाई निर्देशनसमेत दिएका छन् । नेपाल प्रहरीबाहेक सशस्त्र प्रहरी बल पनि उल्लेख्य मात्रामा परिचालित भएको छ । विघटनविरुद्ध परेको रिटमा लामो बहसपछि सर्वोच्चले आज फैसला सुनाउन लागेको हो । आफुहरु तयारी अवस्थामा रहि सुरक्षा व्यवस्था दुरुस्त बनाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताउनु भयो ।

गएको जेठ ८ गते मध्यराति प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु भएको थियो ।

Comment


Related News

Latest News

Trending News