गौर । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरि संसद पूर्णस्थापनाको आदेशको स्वागत गरिएको छ ।
संसद विघटनको विपक्षमा रहेका राजनीतिक दलका नेताहरुले सर्वोच्च अदालतको आदेशलाइ स्वागत गर्दै रौतहटको गौरमा खुशियाली मनाएका छन् । गएको जेठ ७ गते प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको ठहर गर्दै सर्वोच्च अदालतले विगठित संसद पूर्नस्थापनको आदेशको सम्मान गर्दै ५ दलीय गठवन्धनले रौतहटको सदरमुकाम गौरस्थित विपी चौकमा दिप प्रज्वलन गरेर खुशी जाहेर गरे । नेकपा एमाले माधव नेपाल समुह, नेकपा माओवादी केन्द्र , नेपाली कांग्रेस र जनता समाजवादी पार्टी उपेन्द्र यादव समुहका कार्यकर्ताहरुले सामुहिक रुपमा दिप जलाएर सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको स्वागत गरेका हुन् । नेपाली कांग्रेसका गौर नगरपालिका वडा नम्बर १ का निर्वाचित वडा अध्यक्ष भरत साह, नेता सज्जन साह, युवा नेता मोहन यादव, अवध किशोर साह, इशनाथ नगरपालिकाका युवा नेता लालविहारी साह, नेकपा माओवादी केन्द्रका चन्देश्वर राउत , नेपाली कांग्रेसका वर्गीय संगठन तरुण दलका जिल्ला अध्यक्ष नौशाद आलम, जनता समाजवादी पार्टीका वर्गीय संगठन विद्यार्थी युनियनका केन्द्रिय सदस्य ललन यादव लगायतका नेता कार्यकर्ताहरुले सर्वोच्च अदालतको नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सहितको परमादेशको आदेशले लोकतन्त्रको रक्षा भएको जिकिर गरेका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलाले नेपालको संविधानको धारा ७४ को ५ अनुसार देउवालाइ मंगलवार साझ ५ बजे सम्म राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्ने हुन्छ । सर्वोच्चले गरेको फैसलाले मुलुक ठुलो दुर्घटनाबाट जोगिएको नेताहरुको कथन रहेको छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको निरंकुशता पुर्वक तानाशाही प्रवृतिको समेत अन्य भएको ५ दलीय गठवन्धनका नेताहरुको भनाइ रहेको छ ।


