२०७८ असार ३०, बुधबार १४:५६

प्रदेश २ का खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्माले अहिलेसम्म मन्त्रालयका लागि कोठा समेत नदिइएको गुनासो गर्दै अर्कै मन्त्रालयको कोठा र भाडाको गाडी चढेर हिंडिरहेको बताउनु भएको छ ।

बीरगंज उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले ु३५ करोडको बजेट छ, आठवटै जिल्लामा काम गर्नुपर्छ, खानेपानी नपुगेको ठाउँमा ओभरहेड ट्यांकी बनाएर पानी दिने प्राथमिकतामा राखेको बताउँदै त्यसका लागि आत्मराम ओझाको नाममा नोजल परियोजना राखेको बताउनु भयो ।  मन्त्री शर्माले अमलेखगञ्जका नागरिकलाई जसरी पनि खानेपानीको सुविधा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । यस्तै प्रदेश सरकारले ल्याएको दमकल र बस राख्दाराख्दै बिग्रन लागेको भन्दै वीरगञ्ज पथलैया औद्योगिक करिडोरका लागि दमकल माग गर्न र वीरगंज टु सिमरा बस चलाउनुपर्ने बताउनु भयो ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, बीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय सरावगी, नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश २ का अध्यक्ष गणेश लाठ, बीरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, पूर्व अध्यक्ष अशोक टेमानी, अशोक बैद्य, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, पर्साका अध्यक्ष अनुप तिवारीले शर्मालाई सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरेका थिए ।

स्वागत मन्तव्यको क्रममा बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोद गुप्ताले उद्यमी, व्यवसायी तथा आम जनसाधारणले नवनियुक्त मन्त्रीबाट ठूलो अपेक्षा राखेको बताउनु भयो । वहाँले बिगतका बर्षहरुदेखी नै अवरुध रहेका बिभिन्न बिकाश निर्माणका परियोजना तथा निजीक्षेत्रका साझा चासो र अभिमतले सार्थकता पाउने दृढ विश्वास लिएको बताउनु भयो । अध्यक्ष गुप्ताले पर्सा, बारा औधोगिक कोरिडोरलाई ूविद्युत लोडसेडिङू मुक्त गराउन, नेपालकै निजीक्षेत्रको मेगा प्रोजेक्टको रुपमा रहेको नेपाल भारत एकिकृत भन्सार जाँच चौकि ९आइसिपी०लाई सफल संचालनमा ल्याउनको लागि खेल्नु भएको भुमिकाप्रति आभारी रहेको बताउनु भयो । कार्यक्रमको सहजीकरण मनोज उपाध्यायले गर्नु थियो ।

Comment


Related News

Latest News

Trending News