अपडेट 
२०७८ असार ३०, बुधबार १६:३७

नेपालमा बुधबार थप २९०५ जनामा कोरोना पुष्टि भएको छ ।.

देशभर गरिएको ८१०८ पीसीआर परीक्षणमा २०१० जना र ४९१६ एन्टिजेन परीक्षणका क्रममा ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकोे छ । यो संगै नेपालका कोरोना संक्रमितको संख्या ७ लाख ६ हजार ७६१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ४ सय ३० पुगेको छ । त्यस्तै थप १६०६ जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ६ लाख २४ हजार ७११ जना कोरोनामुक्त भएका छन् ।

हाल २६ हजार ६४७ सक्रिय संक्रमित आइशोलेशन र २९३ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख ३८ हजार ३३० वटा पिसिआर र २ लाख ४७ हजार ५४२ एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News