सूर्य नेपालले नारायणी अस्पताललाई सहयोग स्वरुप एक समारोहका बीच स्वास्थ्य उपकरणहरु हस्तान्तरण गराएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्य नेपालका महाप्रबन्धक प्रभाकर विक्रम शाहले नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. वीरेन्द्र बहादुर प्रधानलाई ह्विल चेयर १२ थान, प्यासेन्ट मोनिटर १० सेट, एबिजी मेशिन १ सेट गरी रु.४० लाख बराबरको उपकरणहरु हस्तान्तरण गरेका छन् । कार्यक्रममा सूर्य नेपालका महाप्रबन्धक शाहले नारायणी अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रुपमा रुपान्तरण गर्न सबै क्षेत्रको सहयोगको आवश्यकता औल्याउनु भएको थियो । उहाँले नारायणी अस्पताललाई प्रभावकारी चिकित्सकीय सेवा प्रवाह गर्ने अस्पतालको रुपमा स्थापित गराउनु पर्नेमा जोड दिनुभयो । सोही अवसरमा अस्पतालका मे.सु. डा. वीरेन्द्र बहादुर प्रधानले प्राप्त स्वास्थ्य उपकरणले अस्पतालको संस्थागत क्षमता अभिवृद्धिमा थप सहयोग पुगेको बताउँदै सूर्य नेपालद्वारा प्राप्त उपकरणको उच्चतम प्रयोगमा ल्याउने बताउँदै सहयोगका लागि सूर्य नेपाललाई धन्यवाद समेत दिनु भएको थियो ।
हस्तान्तरण कार्यक्रममा सूर्य नेपालका कमर्सियल म्यानेजर उमेश थापा, सेक्युरिटी अफिसर यज्ञ आले र सूर्य नेपालका वरिष्ठ अधिकृत कर्मचारीहरुको उपस्थिति रहेको थियो भने नारायणी अस्पतालका डा. उदय नारायण सिंह, डा. अतुल चौरसिया लगायत अस्पताल प्रशासनका कर्मचारीहरु रहेका थिए ।


