अपडेट 
२०७८ श्रावण १, शुक्रबार ०७:२३

जनकपुरधाम । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धनुषाको ७० हेक्टर क्षेत्रफलमा मत्स्य पोखरी निर्माण भएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा परियोजना अन्तर्गत विनियोजित २ करोड १० लाख रुपैयाँ पोखरी निर्माणको लागि अनुदान स्वरुप उपलब्ध गराएको छ । चालु आर्थिक वर्षमा ७० हेक्टर क्षेत्रफलमा पोखरी निर्माणको लक्ष्य रहेको थियो । सो अनुसार शतप्रतिशत कार्यप्रगति भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका धनुषा परियोजना कार्यान्वयन इकाई प्रमुख युगल किशोर तिवारीले बताए ।

आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न कार्यक्रमहरुको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै इकाई प्रमुख तिवारीले जिल्लामा ९१ प्रतिशत बजेट खर्च भएको बताए । संघीय सरकार मातहत संचालित परियोजना अन्तर्गत कार्यान्वयन इकाईले ले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उपलब्ध गराएको अख्तियारीमार्पmत योजनाहरु संचालन गरेको छ । चालु आर्थिक वर्षमा पोखरीको क्षेत्रफल विस्तार, माछा उत्पादनमा वृद्धि र आत्मनिर्भरतामा थप टेवा पुग्ने उद्येश्यले २ सय ६० वटा मत्स्य पोखरीहरु निर्माण कार्य सम्पन्न भएको उनले बताए । कार्यान्वयन इकाइले प्रति हेक्टर तीन लाख रुपैयाँ किसानलाई अनुदान स्वरुप उपलब्ध गराएको छ । परियोजना अन्तर्गत ५० प्रतिशत अनुदानमा ५ थान टे«क्टर, रोटाभेटर थान एक र एरिएटर किसानहरुलाई उपलब्ध गराएको उनले थपे । चैते धान क्षेत्रफल विस्तार अन्तर्गत तीन सय हेक्टर जग्गाको लागि धानको बीउ, डेलिभरी पाइप, जिंक, स्पेयर, टंयाकी, विषादी लगायतको सामग्री वितरण गरिएको कार्यान्वयन इकाईले जनाए । चक्लाबन्दी पकेट/ब्लक/जोन संचालनको लागि सहकारी र नीजि क्षेत्रहरुबाट मांग संकलन , सम्भाव्यता अध्ययन र कार्यान्वयन सहयोग, स्यालो टयुववेल सिचाई कार्यक्रम अन्तर्गत सय वटा स्यालो टयुववेल जडान गरिएको छ । स्यालो टयुववेल कृषक समूह, मत्स्य फार्म, सहकारी, उपभोक्ता समिति, सामुदायिक संस्थाहरुलाई उपलब्ध गराएको इकाई प्रमुख तिवारीले जनाए । स्थानीय तहको समन्वयमा बीउ श्रोत केन्द्र स्थापना तथा सुदृढिकरण र नर्सरी श्रोत केन्द्र स्थापना तथा सुदृढिकरण कार्यक्रम संचालन गरिएको थियो । जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादवको अध्यक्षतामा भएको कार्यक्रममा मत्स्य विज्ञ विष्णुदेव यादवले जिल्लामा माछा उत्पादनको सम्भावना र चुनौतीबारे प्रकाश पारेका थिए ।

वक्ताहरुले कृषि पेशामा निर्भर जिल्लामा वास्तविक किसान सरकारी अनुदानबाट बञ्चित हुनुनपर्ने गरी योजनाहरु संचालन गर्न सुझाव दिएका थिए । किसानहरुको तर्पmबाट मत्स्य किसान बौएलाल मुखिया, प्रेक्षा मल्लले मत्स्य फार्म संचालन गर्दा अनुभव सुनाएका थिए । माछा सुपरजोन र धान जोनको लागि धनुषाको १९ वटा पालिकाहरु कार्यक्षेत्र रहेको छ । जसमा औरही गापा, जनकनन्दनी गापा, कमला नपा, विदेह नपा, हँसपुर नपा, शहीदनगर नपा, जनकपुरधाम उपमहानगरपालिका, धनुषाधाम नपा, सबैला नपा, मिथिला बिहारी नपा, धनौजी गापा र लक्ष्मीनियाँ गापा माछा जोनको कार्यक्षेत्र रहेको छ भने औरही गापा, जनकनन्दनी गापा, कमला नपा, विदेह नपा, हंसपुर नपा, शहीदनगर नपा र जनकपुरधाम उपमहानगरपालिका धान जोनको कार्यक्षेत्र रहेको छ ।

Comment


Related News

Latest News

Trending News