कलैया । अंग्रेजी वर्ष सन् २०२१ को जनवरीदेखि जुलाई सम्मको ६ महिनाको अवधीमा ३८ वटा मानव अधिकार उल्लंघनका घटनाहरु भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बारा द्वारा आयोजित नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को पूर्व प्रकाशन अर्धवार्षिक समिक्षा गोष्ठीमा इन्सेक प्रतीनिधी भोलानाथ पौडेलले उक्त तथ्यांक प्रस्तुत गरेका हुन् । पौडेलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार बारा जिल्लामा पुष १५ गतेदेखि असार १५ गतेसम्मको अवधिमा विभिन्न ३८ वटा मानव अधिकार उलंघनका घटनाहरु भएका छन् । जसमध्ये बाल यौन दुब्यवहार ३, बलात्कार नबालिका, भर्गवति, २, बलात्कार बलात्कार ९, अपहरण शशिरबन्धक ३, बहुविावह २, नेता कार्यकर्ता गिरप्तार १, हत्या ७, ज्यानमार्ने उधोग ७ कुटपिट २,अक्सिजन अभाव १, सागलोमा बाधेर राखेका उद्धार १ जना गरि ३८ वटा हननका घटना घटेको हो । ईन्सेक बाराको पुर्व प्रतिनिधी लक्ष्मी साहको अध्यक्षतामा भएको गोष्ठीलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलले मानव अधिकारको हनन गर्ने जोकोहीलाई कानुनको दायरामा ल्याउने बताए । नागरिकको जीवधनको रक्षा संगै अधिकारको ग्यारेन्टीका लागि आफु लागी परेको जानकारी दिए । राज्यको तर्फबाट मानव अधिकारको हनन हुन नदिनका लागि आफु निकै सजग र सचेत रहेको स्मरण गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले कानुन कार्यन्वयनका लागि पनि प्रतिवद्ध रहेको भने ।
पुर्व मन्त्री कलावती पासवानले राजनितिक दलहरुको दवावका कारण निर्वाचित जननिर्वाचित प्रतिनिधीहरुको गैर जिम्म्ेवारीपनले पनि हननका घटनाहरु बारामा बढीरहेको दावी गरिन् । राज्य र गैर राज्यमा राज्य पक्षबाट नै अधिकान्स मानवअधिकारका घटनाहरु घटी रहेको हुदा सम्बेदनशिल हुन आग्रह गरेका थिए । सुवर्ण गाँउपालिकाका उपप्रमुख बबिता यादव, प्रहरी उपरिक्षक दिपेन्द्र शाही, बारका अध्यक्ष सन्तोष गुप्ता, उधोगा बाणिज्य संघका अध्यक्ष राजकुमार साह, एकल महिला संजालकी जिल्ला संयोजक ममता दली, शिक्षक किशोरी राम, बरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठ, सहायक जिल्ला न्यायधिवतmा सुदिप कुमार राय, राष्टिय अनुसन्धानका प्रमुख रेबन गच्छेदार लगायतले आफ्ना धारण राखेका थिए । कार्यक्रम सहजीकरण सिकेन्द्र पासवानले गरेका थिए ।


