बारा । जगदम्बा स्टिल सिमरा बाराले लामो समय देखी मर्मतको अभावमा बिग्रिएर थन्किएको एम्बुलेन्सको मर्मत गरी सञ्चालनमा ल्याएको छ ।
जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघद्धारा सञ्चालित एम्बुलेन्स आर्थिक अभावले मर्मत सम्भार हुननसकि बिग्रेर थन्किएको थियो । जगदम्बा स्टिलले एम्बुलेन्सको सम्पुर्ण मर्मत सम्भार गरी नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय कुमार साहलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको थियो । एक कार्यक्रमका बिच नगर उद्योग बाणिज्य संघका अध्यक्ष साहले जगदम्बा स्टिलका सञ्चालक आयुस गुप्ता र अनुराग शर्मालाई सम्मान गर्दै धन्यबादज्ञापन गरेका थिए । उद्योगका सञ्चालक शर्माले आफुहरुले समाजिक उत्तरदायित्व अन्तर्गत एम्बुलेन्स मर्मत सम्भार गरेको बताउँनुभयो । आवश्यक परेको खण्डमा नगर उद्योग बाणिज्य संघलाई साथ र सहयोग प्रदान गर्दै जाने जानकारी दिनुभयो ।कार्यक्रममा नगर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष घनश्याम गिरी , उपाध्यक्ष मनोज गुप्ता लगगायतको सहभागिता रहेको थियो ।


