अपडेट 
२०७८ श्रावण १, शुक्रबार १२:३२

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम घेब्रेयससले कोरोनाभाइरस (कोभिड—१९) को सङ्क्रमण अझै घातक भएर फैलिने चेतावनी दिएका छन् ।

डब्लूएचओको आपत्कालीन समितिको बैठकमा कोरोना भाइरसको नयाँ भेरियन्ट घातक हुने उनले बताएका हुन् । नयाँ भेरियन्टले कोरोना महामारी नियन्त्रण र रोकथाममा थप चुनौती थपिएको उनले बताए । कोभिड–१९ महामारी समाप्त हुँदैछ भनेर गलत धारणा फैलाइरहेको भन्दै इमर्जेन्सी कमिटीले चिन्ता व्यक्त गरेको छ । डेल्टा भेरियन्ट फैलिरहेको बेला सामाजिक गतिविधि बढेसँगै जनस्वास्थ्यका मापदण्ड पालना नभइरहेकोप्रति उनले चिन्ता व्यक्त गरे   डेल्टा भेरियन्ट १११ भन्दा बढी राष्ट्रमा पुगिसकेकाले विश्वका लागि चुनौती थपिएको महानिर्देशक डा. घेब्रेयससले बताए ।

Comment


Related News

Latest News

Trending News