२०७८ श्रावण ३, आईतवार ०७:२३

सर्लाही । सर्लाहीका जनयुद्धका प्रथम शहीदको शनिबार घर शिलान्यास गरिएको छ ।

नेकपा माओवादी केन्द्र सर्लाहीले १० वर्षे जनयुद्धमा सहादत प्राप्त जिल्लाका प्रथम शहीद इन्द्र कोइरालाको परिवारका लागि शनिबार घर निर्माणका लागि शिलान्यास गरेको हो । दिंवगत कोइरालाको परिवारका सदस्यका लागि बागमती नगरपालिका वडा नं. १२ मा शनिबार प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, जिल्ला सचिव कमल बुडाथोकी, जिल्ला समन्वय समिति उप–सभापती जमुना पराजुली लगायतले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । कोईराला परिवारका लागि ४ कोठे घरको शिलान्यास गरी निर्माण कार्य अघि बढाइएको माओवादी केन्द्र सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिनुभयो । बागमती नगरपालिकाले उपलब्ध गराएको जग्गामा पार्टीले ब्यक्ति तथा संघ, संस्थाको समेत लगानीमा घर बनाउन सुरु गरेको हो । केही दिनअघि बसेको पार्टीको जिल्ला कमिटी बैठकले आफ्नो घर नहुँदा माइतीमा शरण लिएर बस्नुपरेको कोइराला परिवारका लागि घर बनाइदिने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम सहिद कोईराला परिवारलाई तिन कोठा, ट्वाईलेट बाथरुम सहितको एक तल्ले पक्कि घर निर्माण गरिदिन लागेको जिल्ला सचिव बुढाथोकीले जानकारी दिनुभयो ।

१७ लाखमा निर्माण सम्पन्न गर्ने अनुमान रहेको उ्रक्त भवन आउदो कात्तिक १० गते सम्म निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्य रहेको निर्माण समितिका संयोजक सन्देश श्रेष्ठले बताउनु भयो । भवन निर्माणमा पार्टिका नेता, कार्यकता र पार्टिका सुवेच्छुक संस्थाहरुबाट समेत निर्माण सामाग्री सहयोगको प्रतिबद्दता प्राप्त भएको माओवादी केन्द्र जिल्ला समिती सर्लाहीले जनाएको छ । सहिदको बलिदानीको जगमा देशमा ब्यवस्था परिवर्तन भएपनि संघर्षमा होमीएका र सहादत प्राप्त सहिदका परिवार राज्यबाट सधै उपेक्षित भएका शिलान्यासमा सहभागि वक्ताहरुको भनाई थियो । साविक राजघाट गाविस वडानम्बर–३, निवासी सहिद ईन्द्र कोईरालाले सर्घषकै क्रममा २०५५ साल कात्तिक १० गते सहादत् प्राप्त गर्नुभएको थियो । उहाँको श्रीमती, दुई छोरा र दुई छोरी हुनुन्छ । दुई छोरीको भने विवाह भईसकेको छ । आफ् नो घर खेत नभएकै कारण उहाँहरु माईती हरिवन नगरपालिका–९, विष्णुपुरमा बस्दैँ आउनु भएको छ ।

Comment


Related News

Latest News

Trending News