२०७८ श्रावण ३, आईतवार ०७:३१

मालपोत र नापी कार्यालय सिमरा, बाराको भवन निमार्णका लागि दानस्वरुप जग्गा प्राप्त भएको छ ।

जग्गा प्राप्तीसंगै अब यि दुवै कार्यालय नगरको ३ नम्बर वडा स्थित बजनीमै रहने भएको छ । जीतपुरसिमरा वडा नं ३ निवासी रामजी बाबु र राधादेवीले मालपोत कार्यालयका लागि ४ कठ्ठा र नापी कार्यलयको लागि ३ कठ्ठा गरी ७ कठ्ठा जग्गा दान स्वरुप प्रदान गरेका हुन् । एक कार्यक्रमका बिच जीतपुरसिमरा वडा नं ३ का वडाध्यक्ष जगन्नाथ घिमिरे, मालपोत र नापी कार्यालय सिमराका प्रमुखहरु हिमालय जिबी उपाध्याय र चिन्तामणी यादवले जग्गा दाता दम्पतिलाई सम्मान गरेका थिए । ४ वर्षदेखि घरभाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको मालपोत र नापी कार्यालयले सिमराले जग्गा प्राप्त गरेसँगै भवन निमार्णको काम अगाडी बढाउने वडाध्यक्ष घिमिरेले जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News