अपडेट 
२०७८ श्रावण ३, आईतवार ०७:३४

सर्वोच्च अदालतको आदेशानुसार सङ्घीय संसदको अधिवेशन आजदेखि सुरु हुँदैछ ।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गर्नु भएको हो। मुलुकमा विद्यमान फरक राजनीतिक घटनाक्रमसँगै प्रतिनिधिसभा पुनःस्थापना भई शुरु हुन लागेको यस अधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट निकै चासोका साथ हेरिएको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम कायममै रहेको बेला शुरु हुन लागेको अवधिवेशन सञ्चालनका लागि स्वास्थ्य मापदण्डको पालनालगायत व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भइसकेको बताइएको छ ।

यस अधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको मतले आगामी राजनीतिलाई दिशानिर्देश गर्नेछ । सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरुबीच एकता अपरिहार्य रहेको बताउनु भएको छ ।

Comment


Related News

Latest News

Trending News