२०७८ श्रावण ३, आईतवार १४:०६
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको सांसद मातृका यादवले जानकारी दिनुभयो । उहाले प्रतिनिधिसभा बिघटनबिरुद्ध हस्ताक्षर गर्ने सांसद भन्दा पनि धेरै मत देउवाले पाउने दावी गर्नुभयो । उहाले १५० जनाभन्दा बढी सांसदले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पनि बताउनुभयो । प्रतिनिधि सभा निरन्तर चलोस् भन्ने पक्षमा माओवादी केन्द्र रहेको उहाले बताउनुभयो । सत्ता समिकरणका बारेमा भने बैठकमा छलफल नभएको उहाले जानकारी दिनुभयो ।

