२०७८ श्रावण ४, सोमबार ०७:३०

मलंगवा । कोभिड १९ दोस्रो लहरमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई विशेष पोषण युक्त खाधान्नको आवश्यकतालाई मध्यनजर गर्दै टेवाले विशेष पोषण प्याकेज सहयोग गरेको छ ।

टेवाले सर्लाही चन्द्रनगर गांउपालिकाका १ सय २० गर्भवती तथा सुत्केरी महिलाहरुलाई १२ किसिमका खाधान्न तथा स्वास्थ्य सुरक्षा सामाग्री रहेको विशेष पोषण प्याकेज प्रदान गरेको हो । भोरको पहल र टेवाको सहयोगमा उक्त पोषण प्याकेज प्रदान गरिएको भोरका अध्यक्ष पचुलाल माझीले जनाए । गर्भवती तथा सुत्केरी महिलाहरुलाई प्रदान गरिएको विशेष पोषण प्याकेजमा प्रति व्यक्ति एक क्यारेट अण्डा, दुई किलो अनार तथा स्याउ, दुई किलो नुन, पांच किलो पिठो, एक किलो छोकरा, हरियो तरकारी, स्वाबिन, दाल, साबुन र मास्क रहेको थियो । चन्द्रनगर गांउपालिकाका वडा नम्बर १, ४ र ५ का किसनपुर, रतनपुर, फरिद टोल, मोहनपुर र पोखरीया टोलहरुमा सो विशेष पोषण प्याकेज प्रदान गरिएको थियो । तीन महिना भन्दा लामो लकडाउनले गर्दा विपन्न परिवारलाई चरम खाधान्न अभावले विपन्न परिवारका गर्भवती तथा सुत्केरी महिलाहरुलाई कुपोषणको कुचक्रमा जाने थप जोखिम बढेकोले गर्दा भोरले टेवाको सहयोगमा विशेष पोषण प्याकेज प्रदान गरेको भोरको कोषाध्यक्ष उमेश कुमार साहले जनाए ।

प्रदेश २ लगायत देश भरीका विपन्न परिवारका गर्भवती तथा सुत्केरी महिलाहरु लकडाउनमा खाधान्न अभावले गर्दा कुपोषणको थप जोखिममा रहेको छ र यस्तो विषम परिस्थितीमा पनि तीन तहको सरकारबाट खासै पहल नभएकोले गर्दा भोरले यो पहल थालेको जानकारी भोरका संस्थापक राज कुमार महतोले बताए ।

Comment


Related News

Latest News

Trending News