मलंगवा । रामनगर गाउँपालिकाद्वारा अपांगता समाबेसी सहायता कक्षबाट सेवाग्राहीहरुलाई सहज पहुँच भएको छ ।
सर्लाहीको रामनगर गाउँपालिकामा अपंगता भएका असक्त परिवारलाई सहज भएको गाउँपालिका महिला तथा बालबालिका शाखाका ललिता देवी झाले बताइन । अपंगता समाबेसी सहायता कक्ष रामनगर गाउँपालिकाद्वारा पालिका भित्रका असक्त अपंगतालाई पहिचान गरेर अपंगता परिचय पत्र प्रदान गर्नुको साथै महिलाहरुलाई महिनवारी समस्या समाधानका लागि परामर्श दिदै आएको झाले बताइन् । एस एन भि नेपालको आर्थिक सहयोग, ग्रामीण नारी उत्थान संघको सहजिकरण सर्लाहीको पर्सा,रामनगर ,चन्द्रनगर कौडेना गाउँपालिकामा अपंगताका हेल्प डेस्क स्थापनाले अपंगता र महिलाहरुलाई सजिलो भएको छ । बस्तीमा टोल सुधार समिति मार्फत १३ सदस्य समितीबाट अहिले दैनिक खानेपानी, सरसफाई देखि महिला स्वस्थ्यका लागि महिनवारीका बेला ध्यान दिनुपर्ने सचेतनाका लागि काम गर्दै आएको सुधार समितीका उपाध्यक्ष शान्ति पासवानले बताइन् ।
३९ घरधुरी रहेको उक्त टोलमा आउने दिनमा टोल सुधार मार्फत गाउँमा फुल बोट बिरुवा देखि फोहोर ब्यबस्थापनका लागि कार्यपालिका संग अनुरोध गरिने योजना रहेको संस्था स्थानीय सुकचैन कुमार यादबले बताए ।


