२०७८ श्रावण ४, सोमबार ०७:४०
बारा । बाराबो फेटा गाउपालिकाको विभिन्न स्थनाबाट बरामद अबैध मदिरा प्रहरीले नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय प्रसौनी ,बाराले फेटा गाउँपालिका क्षेत्र भित्रबाट बरामद गरेको १ हजार ३ सय लिटर अबैध घरेलु मदिरा नष्ट गरेको हो । फेटा गाउँपालिका वडा नं. १ स्थित खैराती माई मन्दिर क्षेत्र र त्रिबेणी खोला र सामुदायिक बनको छेउछाउँबाट अबैध तरिकाले सञ्चालन गरेको भट्टी भत्काई प्रहरीले १३ सय लिटर कच्चा मदिरा नष्ट गरेको हो । नदीको छेउँमा मदिरा खन्याई प्रहरीले नष्ट गरयो भने मदिरा उत्पादन गर्ने भाँडाकुडा नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय प्रसौनीले जनाएको छ ।


