२०७८ श्रावण ५, मंगलवार ०७:४९

मलगंवा । झण्डै १८ महिना अगाडी घरबाट बेपत्ता भएका श्रीमान् अचानक सामुन्ने परेपछि भेट हुने आश मेटिसकेकी श्रीमती संगितालाई एक क्षणका लागि सपना हो कि विपन्ना छुटयाउन गाह्रो भयो ।

मानसिक सन्तुलन बिग्रिएर करिब १८ महिनादेखि घर परिवरबाट सम्पर्क विहीन भएको सर्लाहीको ईश्वरपुर नगरपालिका वडा न–१४ श्रीनगर निवासी ४५ बर्षीय रामभरोस झालाई मानव सेवा आश्रमले पत्नीसहित परिवारका सदस्यहरु सँग भेट गराइदिएको छ । बीरगंजस्थित आश्रमका अभिभावक प्रकाश थारुले केहि सामाजिक अभियन्ताहरुको साथमा झाको घर पत्ता लगाएर परिवारको जिम्मा लगाएको छ । मानसिक अवस्था बिग्रेका झा २०७६ साल माघ २४ गते देखि सम्पर्कविहीन भएका थिए । धनुषा जिल्लाको महेन्द्रनगरमा बस्दै आईरहेको र त्यहीँबाट सम्पर्क विहीन भएका झालाई बीरगंजस्थित फुटफाटमा वेवारिसे अवस्थामा देखेपछि मानव सेवा आश्रमले उद्वार गरेको थियो । आश्रममा ल्याएर स्थानिय समाजसेवी रामकैलास महतोको सहयोगमा उनको घर पत्ता लगाएर परिवारको जिम्मा लगाउन सफल भएको आश्रमका अभिभावक थारुले बताए । झाको खोजीकार्यमा कुनै कसर बाँकी नराखेका आफन्तहरु डेढ वर्ष भइसक्दा समेत भेटाउन नसकेपछि निराश थिए, छिमेकीले भने । आफ्नो श्रीमानको वियोगमा दिनरात तडपिरहेकी संगिता अचानक आफ्नो अगाडी उभिएको देखेपछि उनीसहित परिवारका सदस्यहरु भावुक भएका थिए ।

लामो प्रतिक्षाको वावजुद पनि पतिको कुनै अतोपत्तो नपाए पछि आफुलाई कहिल्यै नफर्किने गरि एक्लै छोडेर गएको जस्तो लागिसकेको थियो, संगिताले गहभरी आँसु झार्दै आश्रमबाट पतिलाई लिएर आएका मानिसहरु सँग वेदना पोखिन् । उहाँसँग पुनर्मिलनको लागि देवी देउतालाई भाकल गरेको र व्रतहरु बसेर पुजाआजा गरेको सफल भएको छ, उनले सुनाइन् । आश्रममा राखेर राम्रो खानपान र नियमित औषधि उपचार गरेर ठिक भएपछि उनको घर पत्ता लगाएर जिल्लाको ईश्वरपुर नगरपालिका वडा न–१३ स्थित महारानी बजारमा स्थानीय जनप्रतिनिधि ,समाजसेवी ,नागरिक समाज, बुद्धिजीवी ,प्रहरी तथा पत्रकारहरुको रोहवरहमा झालाई श्रीमति संगीता झाको जिम्मा लगाईएको छ । हराएर भेट्ने आश नै मेटिसकेको आफ्ना श्रीमानलाई मानव सेवा आश्रमले पुनर्मिलन गराइदिएको भन्दै संचालक प्रकाश थारु लगायत उनको टिमलाई विशेष धन्यावाद दिए ।

Comment


Related News

Latest News

Trending News