२०७८ श्रावण ६, बुधबार ०७:०७

रौतहट जिल्लाको परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलले सामाजिक संजालमा मेरो नामबाट भैरहेको प्रचार तथ्यहीन भएको बताएका छन् ।

पुर्व मन्त्री मोहमद आफताव आलम कारागारबाट बाहिर नआए प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने भनि सामाजिक संजालमा गरिएको पोष्ट गलत एवं भ्रामक भएकोले त्यस किसिमको भ्रमित पार्ने कार्य प्रति आपति जनाउदै त्यसको पछि नलाग्न आग्रह समेत गरेका छन् । पत्रकार सम्मेलनमा सम्वोधन गर्दै मेयर वकिलले रौतहट निर्वाचन क्षेत्र नम्बर २ का नेता आफताव आलम नै रहेको भन्दै झुठा मुद्दामा कम्युनिस्ट सरकारले फसाएको दावी गरे । अदालतबाट न्याय पाउने विश्वास रहेकोले आगामी निर्वाचनमा उहा नै चुनाव लड्ने वकिलले बताए । हाम्रो नेता आलम नै हो उहाको विरुद्ध जाने भनि गलत कुरो विपक्षीहरुले बदनाम गर्ने उदेश्यले प्रचार प्रसार गराई रहेको छ उनले भने कारागार बाट पुर्वमन्त्री आलम रिहा हुन्छ भने विश्वास छ । नेपाली कांग्रेसका जिल्ला अधिवेशनमा जिल्ला सभापतिको पदमा उठ्ने मेरो चाहना भएपनि टीम र पार्टीको निर्णय विना केहि भन्न नसकिने जनाए । जिल्ला अधिवेशनमा पुर्वमन्त्री आलमले जिम्मेवारी दिए निर्वाह गर्न तयार रहेको नदिए पनि कुनै आपति नहुने बताए । टीमले जे निर्णय गरे स्वीकार्य हुने छ भन्दै मेयर वकिलले पार्टीको नीति सिधान्त विपरित नजाने प्रतिवद्धता जनाए ।

राजपुर नगरपालिकाका नगर प्रमुख शेख सकिल अख्तरले पुर्वमन्त्री आलमका विपक्षीहरुले अहिले गलत प्रचार प्रसार गर्ने गरेको बताए । उनले जति भ्रम फैलाए पनि झुठा मुद्दामा फसाइएका हाम्रा नेता बाहिर आउने दावी गरे । प्रदेशसभा सदस्य प्रत्यासी रामचन्द्र गिरिले पुर्वमन्त्री आलमको निर्णय विपरित नजाने ठोकुवा गर्दै निकट भविष्यमा हुने निर्वाचनमा कारागारबाट भएपनि आलम नै प्रतिनिधि सभाको उम्मेदवार रहने र जित्ने दावी गरे । नेपाल तरुण दलका जिल्ला अध्यक्ष शेख नौशाद आलमले अहिले सामाजिक संजालमा आपसी द्वन्द फैलाउने उदेश्यले भ्रामक प्रचार प्रसार भै रहेको भन्दै आपत्ति जनाए । सत्य तथ्य कुरा सामाजिक संजालमा पोस्ट गर्न समेत सुझाव दिदै अध्यक्ष आलमले पुर्व मन्त्रि आलम र नगर प्रमुख शेख वकिललाइ जोडेर गरिदै आएको प्रचारमा सत्यता नरहेको समेत दावी गरेका छन् ।

Comment


Related News

Latest News

Trending News