गरपालिकाकी उपमेयर अंशु सिंहले निमित्त प्रमुख प्रसशाकीय अधिकृतलाई कार्यकक्ष मै थुनेका छन् ।
नगर सभाको निर्णयको प्रतिलिपि माग गर्दै आएका उपप्रमुख सिंहले कागज पत्र उपलव्ध नगराएको भन्दै कार्यकक्षमा बसेका निमित प्रमुख प्रसशाकीय अधिकृत सुबोध साहलाई थुनेका हुन् । गएको असार ९ गतेको नगर अधिबेशनमा भएको निर्णय, नगर अधिबेशन हुनु भन्दा पुर्व भएको निर्णयहरुको प्रतिलिपि लिखित रुपमा माग गर्दा अटेर गर्दै नदिने भने पछि कोठामा थुनिएको उपमेयर सिंहले बताएकी छिन् । असार १८ गते लिखित रुपमा निर्णय पुस्तिकाको प्रतिलिपि उपलव्ध गराउनलाई नगर प्रमुख धिरेन्द्र कुमार सिंहबाट तोक लगाएर निवेदन दिएपनि सम्म माग गरिएको कागजात नदिएको उपमेयर सिंहको दावी छ । १८ गते निवेदन दिएपछि २२ गते कागजात उपलव्ध गराइदिने वाचा निमित प्रमुख प्रशासकीय अधिकृत साहले दिएको बताउँदै २२ गते सोध्दा ५ गते दिने भनेको थियो । फेरी माग्दा नगर सभाका सदस्यहरुको हस्ताक्षर हुन् बाँकी रहेकोले नदिने भनेको बताइन् । कागज पत्र लिखित रुपमा माग गर्दा पनि दिन इन्कार गरेपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई फोनबाट जानकारी गरेको बताइन् । प्रमुख जिल्ला अधिकारीले फोन गर्दा पनि अटेर गरेकोले कोठामा थुन्नु परेको बताइन् ।
पाचौ नगर सभा गर्नु भन्दा पुर्व नगर उपप्रमुखको संयोजकत्वमा भएको समितिहरुको बैठक बस्नु पर्ने संवैधानिक व्यवस्था रहेपनि नगर प्रमुखको दवावमा विना कुनै समितिको निर्णय बिनै सभा गरिएको उपमेयर सिंहको आरोप छ । नगरपालिकाले गएको आर्थिक बर्षमा गरेको खर्चको हिसाव किताव समेत सार्वजनिक गर्नु पर्ने अडान उपमेयरको छ । मेयर सिंहले आफ्नो पक्षका निर्वाचित जनप्रतिनिधिलाइ बोलाएर बन्द कोठामा नगर सभा गरेको उनले बताए । बैठकमा उपमेयरलाइ सहभागी गरिएको थिएन । नगरपालिकाको कर्मचारी समेतलाई बाहिर राखेर २४ जनाको सहभागितामा नगर सभाको बैठक सम्पन्न गरेको थियो । आर्थिक वर्षको अन्तिम महिनामा मन्त्रालयले सिनियर अधिकृत रमाकान्त यादवलाई निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिए पछि तत्कालिन जिम्मेवारी सम्हाल्दै आएका साहले आफु नै आधिकारिक भएको भन्दै गौरमा बसेर नै चेक काट्ने गरेको थियो ।


