जनकपुरधाम । इस्लाम धर्मावलम्बीहरुले आफ्नो दोस्रो ठुलो पर्व बकरीद बुधबार( आज) धुमधामका साथ मनाउँदैछ ।
इस्लामिक महिना जिलहिजाको दश्मीतारिख देखि १३ तारिख सम्म अर्थात ३ दिन यो पर्व मनाईन्छ । पर्वको पहिलो दिन मुस्लिमहरुले ईद जस्तै नमाज पढि एक–अर्कालाई अंगालो हाल्दै बकरीदको शुभकामना साटासाट (मुबारक) गर्नेछन् । बकरीदको नमाज समाप्ती पछि उनीहरुले कुर्वानी अर्थात बलि प्रदान कार्य शुरु गर्छन् । इस्लामका धर्मगुरुहरुका अनुसार कुर्वानी भनेको कुनै खास जनावरलाई कुनै खास उदेश्यका लागि अल्लाहको राहमा अर्थात अल्लाहकै लागि जवह गर्नु (बलि प्रदान गर्नु) भने बुझिन्छ् । कुर्वानीका लागि उनीहरुले पहिले देखि नै स्वच्छ जनावर खसि बोका, बाँझो बाख्रा, रांङ्गा तथा मुलुकको परिवेश अनुसार जनावरहरु पाल्ने गर्छ । आर्थिक रुपले सम्पन्न मुसलमानहरुको लागि कुर्वानी दिनु अनिवार्य रहेको मौलानाहरु बताउँछन् । हजÞरते ईब्राहिम अलैहे सलाम अल्लाह (ईश्वर ) को पैगÞम्बर अर्थात दुत हुन् । हजÞरते इब्राहिम अलैहे सलाम लगभग तिरासी साल उमेर बिताई सके पछि उनलाई सन्तानको रहर लाग्यो र उनले अल्लाह संग दूवा (प्रार्थना) मा छोरा माँगे । अल्लाहले उनको दूवा स्वीकार गरे र उनको घरमा छोराको जन्म भयों । उनको नाउ हजÞरते इस्माइल अलैहे सलाम राखे । धरै वर्ष पछि घरमा छोरा जन्मे पछि उनी धेरै प्रसन्न थिए ।
हजÞरते ईबराहिम अलैहे सलामको छोरा हजÞरते इस्माइल अलैहे सलाम बुवासंग अल्लाहको बारेमा ज्ञान पाए र बुवा छोरामा धेरै माया र स्नेह थिए । बुवा र छोराको माया र स्नेह हेरेर अल्लाहले हजÞरते ईब्राहिम अलैहे सलामको परीक्षा लिन थाले । सपनामा हजÞरते ईब्राहिम अलैहे सलामलाई कÞुर्बानी दिनको लागि अल्लाहले भने । भोलि विहानी उनले संग रहेका सबै जनावरको कÞुर्बानी दिए । फेरी अर्को राती अल्लाहले हजÞरते इब्राहिम अलैहे सलामलाई सपनामा उनको सबै भन्दा प्यारो समानको कÞुर्बानी दिन भने । हजÞरते इब्राहिम अलैह सलामले बुझी सके उनको सबै भन्दा प्यारो छोरा हो । अल्लाहको आदेश पूरा गर्न हजरते ईब्राहिमले छोरा हजÞरते इस्माइल अलैहे सलामलाई उनकी आमा हजÞरते हाजरा कहा लगे । हजरते ईबराहिम अलैहे सलामले उनकी आमालाई भने छोरालाई घुमाउन घर बाहिर लगिरहेको छु । अल्लाहको आदेशको पालना नगर्न सैतानले हजÞरते ईब्राहिमलाई ३ ठाउँमा बाटो अवरोध गरे र तिनै ठाउँमा ७÷७ पटक सैतानलाई ढुंगा हानेर भगाए । सैतानले त्यसपछि हजÞरते हाजरालाई अल्झाउन लागे र भने हजÞरते इब्राहिम छोरालाई घुमाउन होईन अल्लाहको मार्गमा कÞुर्बानी दिन लगिरहेको छ । सैतानको कुरा सुनेर हजरते हाजराले भने अल्लाहको बाटो एक ईस्माईलको सय ईस्माईल भए म अल्लाहको बाटोमा छोरा कÞुर्बान गर्थे । सैतान त्याहाबाट भागेर ईस्माईल अलैहे सलामलाई अल्झाउन लागे र भने तिमीलाई तिम्रो बुवाले अल्लाहको बाटोमा कÞुरबानी दिनको लागि लग्दै छ ।
हजÞरत ईस्माईले सैतानको कÞुरा सुनेर भने यो मेरो गौरवपूर्ण छन हुनेछ । जो अल्लाहले कÞुर्बानीको लागी मलाई रोजेको हो र सैतानलाई धिक्कारेर भगाए । हजÞरते ईब्राहिम अलैहे सलामले छोराको आँखामा पट्टी बाँधेर कÞुर्बानी दिन लागे । हजरते ईस्माइलले बुवासंग भने कुर्बानी गर्दा तपाईको हात न कापोस् यसका लागी तपाई आफनो आँखामा पट्टी बाँध लिनुस् । पट्टी बाँधे पछि हजÞरते ईब्राहिमले छोराको घाँटीमा धारिलो छुरी चलाए । छुरी चलाए तर घाँटी काटिएन फेरी छुरी चलाए घाटी त काटिए पट्टी हटाए पछि हजरत ईब्राहिमले हेरे छोराको सट्टा दुम्बा जनावर काटिएका थिए । ईब्राहिम अलैहे असलामको यो सुन्नत कÞयामतको दिन सम्म रहने छ । हजको महिनामा हाजीहरुले हजÞरते इब्राहिम अलैहे सलामको सुन्नतलाई दोहोरयाउँदै सैतानलाई ३ ठाउँमा ७ ÷७ पटक ढुंगा हानेर सुन्नत अदा गर्छन । हाजीहरू हजको बेला कÞुर्बानी गरी सकेपछि बकरीदको नमाजÞ अदा गर्छन । हजÞरते इस्माइल पनि बुवा जस्तै अल्लाहको पैगÞम्बर हुन् ।
बकरीदको अवसरमा मरहुम हजÞरत शेरे नेपाल रहमतुललाह अलैहे व रिजÞवान तथा हाजी असगÞर अलीद्वारा स्थापित खानकाहे बरकात इस्लामिक युनिवर्सिटीका संचालक अजहरी मियाँ मौलाना जियाउल मुस्तफÞा, मदरसा कादरिया बरकातियाका लोहना समाजद्वारा स्थापित मदरसा कमिटी संचालक समिति अध्यक्ष(सदर) मो. शफÞी अहमद साहब कोषाध्यक्ष(खजानती) शेष अनसारूल र सचिव (सेक्रेटरी ) मास्टर क्यूम र मदरसा मरकजÞी दारूल केरात लोहनाका संस्थापक हाजी ईसमाल संचालक बानी व मोहतमीम हाफÞिजÞ व कारी मौलाना नसीम अहमद कÞादरीले बकरीदको अवसरमा देश र विदेशमा रहेका सबैलाई आपसी भाईचाराका साथ पर्व मनाउनका लागि शुभकामना व्यक्त गरेका छन् ।

