२०७८ श्रावण ६, बुधबार ०७:३२

पर्साको पोखरिया अस्पतालमा औषधी अभाव भएको छ । उपचार गराउन अस्पताल पुगेका बिरामीहरु औषधी नपाउँदा थप पिडामा परेका छन् । पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको पोखरिया अस्पतालमा विगत ४ महिनादेखि बिरामीहरुले निःशुल्क औषधी र स्वास्थ्य बिमा गराएको लागि उपलब्ध हुने औषधी समेत नपाएको कारण बिरामीहरु रित्तै घर फर्किन बाध्य छन् ।

उपचार गराउन पुगेकी धोबिनी गाउँपालिका वडा नं ४ लंगडीकी ज्ञान्ती देबीले स्वास्थ्य बिमाको कार्ड लिएर जादा पोखरिया अस्पतालले २५ रुपैयाँ लाग्ने टिकटको २ सय लिएको र रगत, पिसाब जाँचको नाउँमा १३ सय गरि एक हजार पाँच सयका बिल थमाएको बताइन् । औषधी अस्पताल बाहिर खरिद गर्न बाध्य बनाएको उनले थपिन् । स्वास्थ्य बिमाको कार्ड रहेपनि पोखरिया अस्पतालले औषधी उपलब्ध नगराएकोमा बाध्य भएर बाहिर खरिद गर्नुपरको उनले पीडा पोखिन् । पोखरिया अस्पतालमा निःशुल्क औषधी र स्वास्थ्य बिमाको औषधी नपाएको गुनासो गरिन । नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमा गाउँ गाउँका जनताहरुले गरे पनि जनतालाई फाईदा नरहेको देखिएको छ। स्वास्थ्य बिमा मा लगानी बालुवा मा पानी जस्तै भएको छ । नेपाल सरकार ले निःशुल्क औषधी खरिद र स्वास्थ्य बिमाको औषधी खरिदको लागि करोडौं रकम पठाए पनि पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल विकास समिति र पोखरिया नगरपालिकाले औषधी बिहीन अस्पताल बनाएका छन् ।

प्रदेश सरकार मातहत रहेको सो अस्पतालको ओपिडी सेवा बिहान १० बजेदेखि २ बजेसम्म संचालन गर्न निर्देशन छ । तर प्रदेश सरकारको निर्देशनको अवज्ञा गर्दै चिकित्सकहरु भने अस्पतालको ड्युटी छोडेर आफ्नो निजी क्लिनिकमा पुग्ने गरेका छन् । बाहिर निजी क्लिनिकमा चेक गराउन बाध्य बनाएर निशुल्क पाउने औषधी समेत बाहिरका औषधी पसलबाट खरिद गर्नुपरेको पोखरिया बैरियाका सुखल पटेलले गुनासो गरे । यस विषयमा पोखरिया अस्पताला मेडिकल सुपरिटेन्डेन्ट संजय गुप्ता संग बुझ्दा पोखरिया अस्पतालको अवस्था नै दयनीय बनेकोले औषधी कहाँ पाउने बताए । औषधीको विषयमा बुझ्दा अस्पतालको फार्मेसीबाट निशुल्क वितरण गरिने ७० प्रकारको औषधीमध्ये विगत ४ महिनादेखि ५ प्रकारको औषधी मात्र रहेको छ । संघीय सरकार ६० लाख र प्रदेश सरकारले पोखरिया अस्पतालमा औषधी खरिद गर्नको लागि ५० लाख रुपैया गरि एक करोड १० लाख रकम पठाएपनी अस्पताल समिति र नगरपालिकाले दुरुपयोग गरेको स्थानीयहरुले सुनाए ।

Comment


Related News

Latest News

Trending News