२०७८ श्रावण ६, बुधबार १४:४९

सर्लाहीको नवलपुर- मलंगवा सडक खण्ड अन्तर्गत हरिपुर नगरपालिका वडा न-४ हरैयामा रहेको सरकारी पोखरीमा डुबेर एक जना मानसिक सन्तुलन ठिक नभएको पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय रामपृत माझीको ३० वर्षिय छोरा भुरकुर माझी रहेको प्रहरीले जनाएको छ । सोमबार साँझ करिब पौने ९ बजे तिर हरैया स्थित सरकारी पोखरीमा डुबेर उनी वेपत्ता भएका थिए । पोखरीमा डुबेर बेपत्ता भएको खवर पाउनासाथ इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरिक्षक रवि कुमार लामाको कमाण्डमा १५ जनाको प्रहरी टोली र सशस्त्र प्रहरीको अगर्वा गणबाट खटिगएको १९ जना सशस्त्र प्रहरीको टोली स्थानीय बासिन्दाको सहयोगमा उक्त पोखरीमा माछा मार्ने जाल हानी खोजतलास गर्दै जाँदा आज (मंगलबार) बिहान साढे १० बजे भुरकुरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी निरिक्षक कृष्ण गिरील जानकारी दिनुभएको छ ।

Comment


Related News

Latest News

Trending News