अपडेट 
२०७८ श्रावण ७, बिहीबार १६:५७

नेपालमा विहीबार थप २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार १ सय २२ पिसिआर परिक्षणका क्रममा १ हजार८ सय ५५ र ३ हजार ७ सय ७ एन्टीजेन परिक्षणका क्रममा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २७ हजार १६९ पुगेको छ । त्यस्तै थप २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ६ सय ६१ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार २ सय ८८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३७ हजार ६९० संक्रमितले कोरोना जितेका छन् । हाल २७ हजार ३७५ संक्रमित आइशोलेशन र २९१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३५ लाख ४ हजार १९१ वटा पिसिआर र २ लाख ७८ हजार ५६९ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News