२०७८ श्रावण ८, शुक्रबार ०७:१९

जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले बाढी क्षेत्रको अनुगमन गरेका छन् ।

बिहीबार विहान मेयर साहले उप–महानगरपालिकाको वडा नं. १७ कनकपट्टि स्थित जलाद नदीबाट भएको क्षतिको अनुगमन गरेका छन् । अनुगमनको क्रममा उनी संगै सोहि वडाका वडाध्यक्ष परमेश्वर यादव लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । बाढीवाट सयौ विघा धनहर खेती वर्वाद हुनुको साथै बर्षेणी हुने गरेको क्षतिवाट छुटकारा दिलाउन स्थानीयबासीले मेयर साहलाई आग्रह गरेका थिए । मेयर साहले यस विषयमा छिट्टै सम्वन्धित निकायलाई ध्यानाकर्षण गराउनुका साथै समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । जलाद नदीमा बर्षेणी आउने गरेको बाढीले सो क्षेत्रका स्थानीयबासीहरुलाई समस्या पार्नुको साथै धनहर खेतीमा ठूलो क्षति पुर्याउँदै आएका छन् ।

Comment


Related News

Latest News

Trending News