२०७८ श्रावण ८, शुक्रबार ०७:३०

कलैया । नेपाली काँग्रेस पार्टीका बिधान, नियामावली एवम केन्द्रीय छानविन समितिको परिपत्र अनुसार भएको नयाँ क्रियाशिल सदस्यता कायम गर्नुपर्ने माग गर्दै देउवा निकटका नेता कार्यकर्ताहरु बिहीबारदेखि धर्ना शुरु गरेका छन् ।

ललितपुर सानेपामा रहेको काँग्रेसको केन्द्रिय कार्यालयमा बारा नेपाली काँग्रेसका सभापति जयचन्द्र चौरसियाको नेतृत्वमा धर्ना शुरु गरिएको हो । प्रक्रिया अनुसार केन्द्रमा पठाइएको नयाँ क्रियाशिल सदस्यता १४औं महाधिवेशनमा समावेश गरि बिधान विपरित केही ब्यतिmहरुले केन्द्रमा गराएको सदस्यता ईन्ट्रि खारेजको माँग गर्दै अनसन शुरु गरिएको नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर १ का सभापति एवम् सिम्रौनगढ नगरपालिकाका मेयर बिजयशंकर यादवले बताए । माँग पुरा नभए सम्म धर्ना जारी रहने जिल्ला कोषाध्यक्ष चन्द्रशेखर यादवले बताए । निर्वाचन क्षेत्र नम्बर १ को हकमा जिल्लाबाट क्षेत्रिय समितिले नयाँ क्रियाशिल एवम् पुरानो सदस्यता नविकरणको फर्म बुझेर लगेपछि क्षेत्र नम्बर १ का ४८ वटा बुथ सभापतिलाई पालिकाका पार्टी प्रमुखहरु मार्फत फर्महरु बुझनलाई ताकेदा गर्दा समेत अटेर गरेको उनीहरुको भनाई छ । कोल्हवी नगरपालिकाको १० वटा वडा, बारागढी गाउँपालिकाको ३ वटा वटा वडाको फर्महरु नगरसभापति बिरेन्द्र चौधरी र गाउँपालिकाका सभापति सुरेन्द्र चौधरी बुझेर लगेपनि समय सिमामा भरेको फर्म क्षेत्रिय कार्य समितिमा नबुझाएको हुदा नयाँ एवम् पुरानो नविकरण केन्द्रिय समितिमा पठाउन नसकेको क्षेत्रिय सभापति यादवले जानकारी दिए । बाँकी रहेको वडाहरुबाट निर्णय भई आएका नयाँ, नविकरण गाउँपालिका, नगर समिति, प्रदेश र क्षेत्रबाट समेत छानबिन गरि बुझाएकोमा जिल्ला कार्य समितिले बैठक गरि कार्य समितिबाट अनुमोदन गराई केन्द्रमा पठाएको सदस्यता फर्महरु कसरी अवैधानिक भयो सभापति यादवले प्रश्न समेत गरे ।

पार्टीको बिधान,नियमावली नमान्नेहरुलाई पार्टीले कार्यवाही गर्नुपर्नेमा ठाँउमा झन उनीहरुले चोरबाटोबाट पठाएको नयाँ सदस्यता एवम पुरानो नविकरण ईन्ट्रि समेत गरेको हुदा बिधी र प्रक्रिया विपरित रहेकोले ईन्ट्रि गरिएको सदस्यता खारेज हुनुपर्ने सभापति यादवले माग गरे । धर्नामा जिल्ला सभापति जयचन्द्र चौरसिया, सचिव हरेन्द्र, जिल्ला कोषाध्यक्ष चन्द्रशेखर यादव, जिल्ला संगठन प्रमुख शम्भु बुढाथोकी नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति बिजय शंकर यादव, २ का सभापति रामप्रवेश यादव, ४ का सभापति सुनिल गुप्ता, बारा निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा क की सभापति रामकुमारी गोले, निजगढ नगरपालिकाका नगरसभापति महेशी कुवर,सिम्रौनगढ नगरपालिकाका सभापति नागेन्द्र साह कानु, बुथ सभापति लगायत करिब २ सयको सहभागितामा पहिलो दिन धर्नामा बसेका छन् । नेपाली काँग्रेसका केन्द्रिय कोषाध्यक्ष सीता देवी यादव, नेता गोपालमान श्रेष्ठ लगायतका नेताहरु धर्ना स्थल पुगी धर्नाका बारेमा जानकारी लिएका थिए । यता रामचन्द्र पौडेल समुह, सिटौला समुह बाराका नेता तथा कार्यकर्ताहरुले संस्थापन पक्षले सिफारिस गरेका नयाँ सदस्यता खारेजीको माँग गर्दै १२ दिनदेखि सानेपामा नै धर्ना जारी राखेका छन् । बारा र सप्तरीको विवादका कारण श्रावन १२ गते हुने वडाको चुनाव भने अनिश्चित बनेको छ ।

Comment


Related News

Latest News

Trending News