२०७८ श्रावण ८, शुक्रबार १३:१९

सत्तारुढ दल नेपाली कांग्रेस पदाधिकारी बैठक स्थगित भएको छ ।

भोलि बस्ने गरी बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता विश्रप्रकाश शर्माले बताए । आज बिहान पार्टीको आसन्न महाधिवशेनबारे छलफल गर्न प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बसेको थियो।आज स्थगित पदाधिकारी बैठक भोलि बिहान ९ बजे बुढानिलकण्ठमा बस्ने छ । कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ बाट काठमाडौंमा हुने तय भएको छ। यद्यपि यसका लागि काँग्रेसले कुनै तयारी गरेको छैन। कांग्रेस क्रियाशील छानबिन समितीले क्रियाशील सदस्यताको टुंगो लगाउन सकेको छैन।आजको बैठकमा छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन प्रस्तुत गरेको प्रवक्ता शर्माले जानकारी दिए। यस्तै पार्टीको १४ औँ महाधिवेशनको मिति परिवर्तन नहुने गरी कार्यतालिका संशोधन गरिने भएको छ ।

आजको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले पार्टीको क्रियाशील छानबिन समितिलाई सदस्यता टुंगो लगाउने समय १० गतेसम्म थप गरिदिएको छ । त्यसैगरी धर्नामा बसेका पार्टीका नेता तथा कार्यकर्ताको माग सम्बोधनका विषयमा विकल्पसहितको प्रस्ताव ल्याउन सभापति देउवाले आग्रह गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

क्रियाशील सदस्यता विवादका कारण पार्टी कार्यालय सानेपा बारा, सप्तरी र सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन्। नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितीले अन्तिम प्रतिवेदन आइतवार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएको छ।

Comment


Related News

Latest News

Trending News