अपडेट 
२०७८ श्रावण ८, शुक्रबार १६:०२

नेपालमा शुक्रबार थप २ हजार ९ सय ७७ जनामा कोरोना पुष्टि भएको छ ।

देशभगरिएको १३ हजार ६९८ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय ८२ जना र ३ हजार ६ सय १० एन्टीजेन परिक्षणका क्रममा ९९५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३० हजार १४६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ६ सय ७९ जनाको मृत्यु भएको छ । त्यस्तै थप १ हजार ६ सय ७८ जना निको हुँदा हालसम्म नेपालमा ६ लाख ३९ हजार ३६८ संक्रमित निको भएका छन् । हाल नेपालमा २७ हजार ६६१ सक्रिय संक्रमित आइशोलेशन र ३३५ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३५ लाख १७ हजार ८८९ पिसिआर र २ लाख ८२ हजार १७९ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News