जनकपुरधाम ।नेपाली काँग्रेसका उपसभापति समेत रहेका सभापतिका प्रत्याशी विमलेन्द्र निधिले अनशनकारी काँग्रेसका युवा नेताहरुलाई बेवास्ता गरेका छन् ।
गृह जिल्ला धनुषामा दुई दिनदेखि रहेका उपसभापति निधिले काँग्रेस धनुषाको जिल्ला कार्यालयमा रिले अनशन गरिरहेका युवा नेताहरुप्रति कुनै चासो देखाएका छैनन् । जिल्लामा क्रियासिल सदस्यतामा व्यापक धाँधली संस्थापन पक्षले गरेको आरोप लगाउँदै केहि दिनदेखि युवा नेताहरुले त्यसलाई सच्याउन मागगर्दै केहि दिनदेखि रिले अनशनगर्दै आएका छन् । धनुषाका केहि नेताहरुले क्रियासिल सदस्यता बितरणमा एकपक्षिय गरिएको भन्दै केन्द्रिय कार्यालयमा आमरण अनशन बसेका छन् ।केन्द्रिय कार्यालयमा आमरण अनशनमा रहेका नेताहरुप्रति कुनै चासो नलिएका निधिले गृह जिल्ला पार्टी कार्यालयमा समेत अनशनकारीलाई वेवास्ता गरे । उपसभापति निधिले शुक्रवार बिहान जनकपुरधाम स्थिति निजी निवासमा मध्यान्ह सम्म नेता, कार्यकर्ताहरुसित भेंट गरेका थिए ।त्यसपछि उनी नगराइ स्थित निवासमा गएका थिए । शोकमा रहेका काँग्रेसका केहि नेताहरुलाई भेंटन उनीहरुको निवासमा नै नेता निधि पुगेर समवेदना प्रकट गरेको उनका सहयोगी युवा नेता जिवनाथ चौधरीले बताए ।
उनी शनिवार कमला र बलान नदीको निरीक्षणगर्दै मध्यान्ह काठमाण्डु फर्किने कार्यक्रम रहेको चौधरीले जनाए ।सबैला नगरपालिकाको किरतपुरमा कमला नदीले ३ सय मिटर बढी लामो तटबन्ध कटान गरेको छ ।पहाडमा वर्षा रोकिएकोले जनधनको क्षति नदेखिएपनि बाढी आउनासाथ ठूलो क्षतिको उच्च जोखिम रहेको छ ।



