२०७८ श्रावण ९, शनिबार ०८:०३

अपहरण, शरीर बन्धक ,ज्यान मार्ने तथा विष्फोट गराउने धम्की दिने समुहका एक जनालाई रौतहट प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्न आयोजना गरको पत्रकार सम्मेलनमा संगठित अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका जिल्ला रौतहट गरुडा नगरपालिका ५ का राम एकवाल राय यादवको छोरा २७ वर्षीय लडाई राय यादवलाई सावजनिक गरेको हो । भूमिगत संगठन जनमुक्ति मोर्चाका संयोजक विरेन्द्र यादवले फोन गरि व्यवसायी सित मागेको २० लाख रकम लिन गएको बेला लडाई राय यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक शिद्धि विक्रम शाहले जानकारी दिए । गरुडा नगरपालिका ५ स्थित झाझपुल नापी कार्यालयको नजिक रहेको एक जना व्यवसायीको घरमा जेष्ठ ११ गते फेला परेको बम नेपाली सेना को टोलीले निस्क्रिय परेको थियो । जनमुक्ति मोर्चाको रौतहट प्रमुख भन्ने विरेन्द्र यादवले बम राखेको स्वीकार्य गर्दै व्यवसायीलाई २० लाख रुपैया चन्दा दिन माग गरेको प्रहरीले जनाएको छ । माग गरिएको रकम लिन गएको बखतमा लडाई यादव पक्राउ गरिएको थियो । ५ जनाको समुह रहेकोमा विरेन्द्र यादव मुख्य तथा अन्य सहायक रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक शाहले बताए । विरेन्द्र यादव फरार रहेको छ ।

२०६५ साह पुष १३ गते हात हथियार तथा खर खजाना मुद्दामा पक्राउ परि जेल सजाय समेत भोगी सकेको यादवले फोन गरेर धम्कि दिदै चन्दा माग्ने गरेको प्रहरीको दावी रहेको छ । अपहरण शरीर बन्धक ,ज्यान मार्ने तथा विष्फोटनको धम्कि दिई संगठित अपराधको कसुरमा यादवलाई हिरासतमा राखी थप अनुसन्धान को कार्य जारी रहेको र निजले कसुर स्वीकार्य गरेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News