वीरगन्जमा पनि गुरुपुर्णिमा पर्व धुमधामका साथ मनाइएको छ ।गुरुपुर्णिमा पर्वको अवसरमा श्री शंकराचार्यपिठ परिषद,नेपालले वीरगन्जको माईस्थानमा हवन तथा गुरुहरुको सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
मन्दिरको अगाडि रहेको फुलापाति परिसरमा शंकराचार्यपिठ परिसदले जगतगुरु शंकराचार्य स्वामी निश्चलानन्द महराजको पुजाआर्चना गर्दै हवनपाठ कार्यक्रमको आयोजना गरेको छ ।साथै उक्त पर्वको अवसरमा गुरुजी लगायत समाजका अगुवा प्रबुद्धवर्गलाई सम्मान कार्यक्रम समेत गरेको छ । सम्मान कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज उधोगवाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले हिन्दुधर्म माथी अनेकौ प्रकारको आक्रमण भइरहेको बताउदै यो सनातनको सम्बद्धन तथा प्रचार प्रसारको ठुलो आवश्यकता रहेको धारण व्यक्त गर्नुभएको थियो । हिन्दु धर्ममा रहेका समाजित विकृतीहरुलाई हटाउदै यसको संरक्षण र सम्बद्धनमा जुटन सबैलाई अनुरोध गर्नु भयो
।कार्यक्रमका अर्का वक्ता समाजसेवी पशुपति बिक्रम शाहले हिन्दु धर्म स्थापनाको लागी सबै क्षेत्रबाट जोरदार आन्दोलनको आवश्यकता रहेको बताउनु भयो ।कार्यक्रममा बोल्दै भारत रक्सौल राजपाका युवा नेता रबि मसकराले वक्ति,समाज वा राष्टनिर्माणमा गुरुज्युहरुको अहम भूमिका रहेको बताउनु भयो ।
कार्यक्रमका संयोजक डा अनिल कुमार झाले आदिगुरु शंकराचार्य स्वामी निश्चलानन्द महराजको नेपाल प्रति अगाढ माया रहेको बताउदै नेपालमा हिन्दु धर्ममाथी भइरहेको आक्रमणबाट बचाउन उहाको निर्देशन भइरहेको बताउनु भयो ।डा झाले नेपालमा हिन्दु धर्मको स्थपनाकालागी सबै क्षेत्र बर्गको सक्रियताका अहिले ठुलो खाचो भएको बताउनु भएको थियो ।कार्यक्रममा विभिन्न क्याम्पस,विद्यालयका गुरुज्यु तथा समाजका अगुवा वक्तित्वहरुलाई समान गरिएको थियो ।वीरगन्ज स्थित संस्कृत विद्यालयका प्राचार्य बिजय नाथ तिवारीको समापतित्वमा सम्मपन्न भएको कार्यक्रममा परिषदका सहसयोजक धर्मेन्द्र पटेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।


