अपडेट 
२०७८ श्रावण ९, शनिबार १६:४७

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । शनिबार थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १० हजार ६२५ पिरिआर परिक्षणका क्रममा २ हजार ३ सय ९ र ४ हजार २ सय ८५ एन्टीजेन परिक्षणका क्रममा ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३३ हजार २६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ६ सय ९५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप २ हजार १ सय ९७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ४१ हजार ५६५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा २७ हजार ७५७ सक्रिय संक्रमित आइशोलेशनमा छन् भने ३४४ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३५ लाख २८ हजार ५१४ वटा पिसिआर र २ लाख ८६ हजार ४६४ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News