२०७८ श्रावण १०, आईतवार ०७:२५
जनकपुरधाम । सवारी दुर्घटनामा मृत्यू भएका हँसपुर नगरपालिकाका एक परिवारलाई मलेसियामा मजदुरी गरिरहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
हँसपुर नगरपालिका ३ का २६ वर्षीय सुबोध कापरको दुर्घटनामा एक वर्ष अगाडी नै ज्यान गएको थियो । उनको घरको आर्थिक अवस्था कमजोर रहेकाले मलेसियामा बस्दै आएका हंसपुरकै रामललित कापरले चन्दा उठाएर ५० हजार रुपैयाँ पठाएका थिए । सो रकम शनिवार जनमत पार्टी हँसपुरका संयोजक बिवेक राउतले कापरका परिवारलाई हस्तान्तरण गरेका छन् । मलेसियाबाट ५० हजार रुपैया पठाएकोमध्ये ४० हजार मृतकका पत्नी रानी कापरलाई र १० हजार रुपैयाँ उनका आमा–बुवालाई हस्तान्तरण गरेको बताइएको छ । सहयोग गरेकाहरुलाई मृतक कापरका परिवारले धन्यवाद दिएका छन् ।


