अपडेट 
२०७८ श्रावण ११, सोमबार ०७:२६

जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विश्वका डेढ अर्ब जति हिन्दुहरुको धार्मिक भावनालाई आहत हुने गरी सामाजिक संजाल मार्फत व्यक्त गर्नु भएको धारणालाई घोर निन्दनीय र दुर्भाग्यपूर्ण मान्नुपर्दछ । धार्मिक आस्था व्यक्तिको निजी स्वतन्त्रता हो । यसमाथि प्रहार गर्ने अनुमति कसैलाई पनि हुन सक्दैन । एक दशक लामो सशस्त्र संघर्ष गरेको पार्टीका शिर्ष नेताले यस्तो टिप्पणी गर्नु दुखद हो । माओवादीको सशस्त्र संघर्षमा १७ हजार जति नेपालीले आफनो ज्यान गुमाए । माओवादीहरुका कारण नेपालका गण्डकी, कोशी, कर्णाली, राप्ती र महाकाली नदीहरुमा बगेको रगतको हिसाब किताब गर्नु सम्भव छैन । पवित्र गंगामा दुग्ध अर्पण गर्नु विशुद्ध रुपमा धार्मिक आस्था हो । धर्मलाई अफिम ठान्नेहरुले यसमा टिप्पणी नगरकै वेश हुन्थ्यो । कहिले हिन्दु धर्म, त कहिले संस्कृत भाषा त कहिले धार्मिक स्थल र धार्मिक संस्थाहरुमा समेत प्रहार गर्ने कार्यलाई सोझा नेपाली जनताले स्वीकार्य गर्ने छैनन् । हाम्रो देशमा पनि केही यस्ता यथास्थितिवादी प्रगतिशील बुद्धिजिवीहरु हुन्, जसलाई कुनै पनि परिर्वतनबाट कष्ठ हुने गर्दछ । तिनीहरुको मान्यता के रहदै आएको हुन्छ भने तिनले लेखेका बोलेका र गरेका नै अन्तिम सत्य हुने गर्दछ । त्यस बाहेकका सबै मिथ्या, प्रतिगामी र अन्धयुगकालिन हुन ।

यस्ता बुद्धिजिवीहरुमा साम्यवादी सम्प्रदायका बामपन्थी पनि शामिल हुन् र पुँजीवादी गुटका पश्चिमेली चेलाहरु पनि छन् । उनीहरुको पिडा भनेको जहाँ उनीहरु उभिएका हुन्छ त्यसैलाई अन्तिम किनारा, अन्तिम लक्ष्य अथवा विचार कर्म र चिन्तन ठान्दछन् । त्यस बाहेकका कुनै मार्ग, कुनै चिन्तन तथा कुनै सामाधान खोज्ने प्रयास नै उनीहरु गर्दैनन् । मार्ग अनेक तर गन्तव्य एक अर्थात् “एकम् सत्य विप्रा बहुधा वदंति” को हाम्रो मनीषा शास्त्रार्थ र सम्वादको सतत प्रक्रिया चल्दै आएको हाम्रो पूर्वीय संस्कृतिको प्रकृति र प्रेरणालाई आफनो प्रतिकुल ठान्दै आएका छन् । सत्य एउटै हुन्छ तर विद्धानहरु यसलाई विभिन्न तरिकाले ब्याख्या गर्ने गर्दछन् भने हाम्रो मान्यता रहदै आएको छ तर बामपन्थी एवं पश्चिमेली सभ्यताका पृष्ठपोषकहरु आफुलाई एक मात्र अँिन्तम सत्य ठान्ने गर्दछन् । केही अघि एक जना नेपाली बृद्धिजिवीले “संस्कृति” भाषालाई आतंकवादको स्रोत भन्नु यसैको उदाहरण हो । वेद, पुराण र उपनिषदको अध्ययन नै नगरी केवल आफनो पश्चिमेली मालिकलाई खुशी पार्न चाटुकारिताको पराकाष्ठा सम्म पुग्न खोज्ने यस्ता कथित बिद्धानहरु अहंकारले ग्रसित हुन्छन् । सनातन धर्म संस्कृतिको इतिहास, परम्परा र मान्यतालाई विकृत पार्नमा यिनीहरु पारंगत हासिल गरेको हुन्छन् । हुनत बामपन्थी चिन्तन पनि पश्मिेली चिन्तन नै हो जसले एकमात्र हिन्दु धर्म संस्कृतिको मान्यतालाई मात्र अस्वीकार गरेको छ । अन्य धर्मको बारेमा आलोचनात्मक टिप्पणी गर्ने साहस उनीहरु जुटाउन सक्दैनन । उनीहरु जसलाई आफ्नो स्थापनाको प्रतिकुल ठान्दछ ति विषय देश र जनजीवनको निमित्त सर्वथा अनुकुल भए पनि तिनको निम्ति त्याज्य हुन्छ । सनातन धर्म, संस्कृति, सम्प्रदाय र समाज मात्रै होइन, शास्त्र र इतिहासलाई पनि विकृति पार्नु तिनको निम्ति आधुनिक प्रवृति हुन पुग्दछ ।

तिनको निम्ति सत्य र तथ्य सर्वथा व्यर्थ र औचित्यहिन हुन पुग्दछ । तथ्यलाई बङगयाउन र इतिहासलाई तहसनहस पार्नमा बामपन्थी बृद्धिजिवी तथा पत्रकारहरु खप्पिस हुन्छन् । आफुलाई अनुकुल हुने गरी नयाँ तथ्य निकाल्नु र त्यसलाई आफु अनुकुल विश्लेषण र मापन गर्नु (परिभाषित गर्नु) तथा आफनो अनुकुल समाजिक न्याय दर्पण तयार पार्नु साम्यवादी सम्प्रदायको अपरिर्वतनीय नियम मानिन्छ । नेपाल र भारतमा मात्र ेइन सम्पूर्ण विश्वमा अहिलेसम्म जुन लेखिएका र छापिएका शब्दहरुको महिमा एवं विश्वसनियता चल्दै आएको थियो जसलाई साक्षी राखेर शपथ खाने मान्यता रहदै आएको छ त्यस शब्दलाई समेत सन्दिग्ध र अविश्वासनिय बनाउने काम भईरहेको छ । बामपन्थी बृद्धिजिवी र पश्चिमेली देशहरुका चेला एवं पत्रकारहरुको निम्ति हजारौ वर्ष पुरानो तथ्य अब सत्य र पवित्र रहेन । हाम्रो सनातन धर्मले मान्दै आएको पवित्र र अपवित्रको अवधारणा र त्यसको अन्तरलाई उनीहरु निम्न स्तरीय चिन्तन प्रवित्र (बुर्जुवा प्रवृति) मान्दछ । एक इतिहासकारका अनुसार कुनै पनि व्यवस्थाको निम्ति सबैभन्दा कष्टकारी समय त्यतिबेला उत्पन्न हुन्छ जब त्यसमा सुधारको प्रयास गरिन्छ । हाम्रो देशको शिक्षा पद्धति, शिक्षा व्यवस्था र पाठ्यक्रम पनि यस्तै खाले कष्टकारी अवस्थाबाट गुज्रिरहेको छ । पंचायति व्यवस्थाको मध्यतिर नयँ शिक्षा योजना लागु गरियो र हाम्रो पुरानो तर बलियो शिक्षा प्रणालीलाई कमजोर बनाउने काम भयो । पंचायती व्यवस्थाको अन्तपश्चात बामपन्थी विद्धानहरु शिक्षा क्षेत्रमा आफनो हस्तक्षेप बढाउन थाले । संस्कृति भाषाको उपस्थिती एवं मान्यतालाई अस्वीकार गर्नु हाम्रो पहिचानलाई समाप्त गर्नु थियो । संस्कृत भाषा साहित्य भनेको हाम्रो आफ्नो हो ।

यस भाषा बिना हामी आफनो धर्मशास्त्रहरुको समेत पनि राम्ररी अध्ययन गर्न सक्दैनौ । इश्लाम धर्म बोल्नेहरु आफनो सन्तानलाई आधुनिक शिक्षा दिनुका साथै धार्मिक शिक्षा पनि दिन्छ । अरबी, फारसी र उर्दूको अध्ययन गर्न मात्रै मदरसा जाने गर्दछन् अथवा मौलवीहरुलाई नै आफ्नो घरमा बोलाउँदछ । यो नराम्रो होईन । आफनो धर्म संस्कृतिको बारेमा बच्चालाई जानकारी गराउनुपर्दछ । अंग्रेजी पढने मुसलमान समुदायका बच्चाहरुको निम्ति पनि उर्दु र फारसी पढनु त्यतिनै कठिन हुने गर्दछ जतिकी हाम्रा बच्चाहरुलाई संस्कृत पढनु तर हिन्दु धर्म मान्नेहरु जातिवादले पनि बढी ग्रसित छन कि संस्कृतलाई बाहुनहरुको भाषा मात्रै मान्ने गर्दछन् र यसबाट आफुलाई टाढा राख्ने गर्दछन् । जसरी उर्दु, अरबी र फारसी मुसलमानका कुनै एक जातिको भाषा हुदैन त्यसरी नै संस्कृत पनि कुनै एउटा जातिको मात्रै भाषा हुदैन । अंग्रेजी भाषालाई सरल र सहज मान्नेहरु देवनागरी लिपिको जननी मानिएको संस्कृत भाषाको अध्ययन गर्दा पक्कै पनि समस्या आउने छैन केवल हाम्रो मानसिकतामा परिर्वतन आउन आवश्यक छ । संस्कृत भाषालाई राजतन्त्र एवं हिन्दु धर्मको पर्याय ठान्ने काम भयो जो पूर्णत गलत थियो । अमेरिकाको नासा जस्तो संस्थाले समेत आफनो अध्ययन एवं अनुसन्धानमा संस्कृत भाषाको व्यापक उपभोग गरिरहेको अवस्थामा हामीले यसलाई अन्यथा ठान्नु हाम्रो ठूलो गल्ती हो । केही अघि देशमा पनि राष्ट्रभाषा नेपालीलाई विकृत बनाउने गरी त्यसमा परिवर्तन ल्याउने प्रयास गरिएको थियो तर व्यापकस्तरमा त्यसको विरोध भएपछि त्यस कार्यलाई रोक्ने काम भएको हो ।

कतिपय यस्ता चाटुकार विद्धानहरु पनि हुन्छन जो प्रत्येक सत्ता प्रतिष्ठानलाई खुसी पार्न जथाभावी सुझावहरु टक्रयाउने गर्दछन् । गत वर्ष प्रधानमन्त्री के.पी शर्मा ओलीद्धारा मर्यादा पुरुषोत्तम श्रीरामको जन्मभूमिको बारेमा व्यक्त गरेका विचार यसैको उपज थियो । त्रेतायुगमा करिब १४ हजार वर्ष पुरानो भएको घटना बारे २१ एकाइसौ शताब्दीमा आएर त्यो पनि २०७७ सालमा आएर मात्रै हाम्रा पूर्व प्रधानमन्त्रीलाई यसको ज्ञान हुनु विडम्बना नै हो । तथ्य र तर्कहीन कुरामा गरेर आफु मात्रै लज्जित भईदैन कि यस्ता नयाँ नयाँ ज्ञानबाट नेपाली जनतालाई पनि विश्वजगतमा अपमानित गर्ने काम हुन सक्दछ । विश्वव्यापी मान्यतालाई झुठो ठह¥याउने काम गर्नु आफ्नै अपमान हो । माओवादीको जनयुद्धमा बटुको शिखा काट्ने, संस्कृत पढन नदिने, भागवत कथाका वाचकलाई समेत नछाड्ने तथा संस्कृतका शिक्षकको घाटी रेट्नेहरुले अब पनि यस धर्म संस्कृति माथि प्रहार नगर्दा नेपाली जनता राहतको अनुभूति गर्ने थिए । बाबुरामजीले आफ्नो टिप्पण्ी मार्फत जनता समाजवादी पार्टीको लोकप्रियतालाई कमजोर बनाउन अवश्य पनि सफल भएका छन् । यस्ता टिप्पणी अस्वीकार्य मात्रै हुन सक्दछ ।

Comment


Related News

Latest News

Trending News