अपडेट 
२०७८ श्रावण ११, सोमबार १३:४७

नेपालमा आगामी पाँच महिनाको अवधिमा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै दुई लाख पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमान गरेको छ ।

मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै यस्तो प्रक्षेपण गरेको हो । मन्त्रालयका सहसचिव गंगा लोहनीले समितिमा जनाएअनुसार हालको स्थिर अवस्थालाई हेर्दा आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने सम्भावना छ । तीमध्ये ३८ हजार ७७१ जनालाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र तिनमा पनि ९ हजार ७९३ जनालाई सघन उपचार गर्नुपर्ने सम्भावना औंल्याइएको छ ।

कोरोनाको सम्भावित तेस्रो लहरमा बालबालिका तथा खोप लगाउन नपाएका व्यक्तिहरु बढी जोखिममा पर्ने सम्भावना रहेको पनि मन्त्रालयले प्रस्ट पारेको छ । नेपालमा पछिल्लो पटक कोरोना संक्रमण दर बढ्दै गएको छ । यसअघि आइतबार बसको केन्द्रीय सुरक्षा समितिको बैठकले कारोनाको तेस्रो लहरका लागि तयारी थाल्न निर्देशन दिइसकेको छ ।

Comment


Related News

Latest News

Trending News