२०७८ श्रावण ११, सोमबार १४:००
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् ।
निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले आत्मालोचना गरेमा ठाकुर पक्षका नेताहरुको विषयमा पार्टीले बिचार गर्ने बताए । असंवैधानिक प्रतिगमनकारी शक्तिलाई साथ दिएर ठाकुर पक्षले गलत गरेको भन्दै यादवले सो विषयमा सार्वजनिक रुपमा आत्मालोचना गर्नुपर्ने बताए । उनले ठाकुर पक्षका लागि गेटमा ताला नलगाएको प्रतिक्रिया दिए । उनले ५१ जना केन्द्रीय कार्यकारिणी सदस्य रहेका ३४ जनाले आफ्नो पक्षमा सनाखत गरिसकेको जानकारी पनि दिए ।

