अपडेट 
२०७८ श्रावण ११, सोमबार १७:०५

इन्रर्भटर व्याट्री लगायतको लोकप्रिय समाग्री उत्पादन गर्ने लिभफास्टले आफनो उत्पादनको पुनः मर्मतका लागि जनकपुरधाम भरिमै घरमै सेवा दिनका लागि जनकपुरधाममा सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

जनकपुरधाम मिल्स एरियामा संचालित न्यू राम जानकी ट्रेडर्स एण्ड सपलार्यसले (एस आर ईन्टरनेसनल) लिभफास्टको सर्भिस सेन्टरलाई संचालनमा ल्याएको हो । अन्तराष्ट्रियस्तर उत्कृष्ट र नाम कमाउन सफल लिभफास्टले न्यू राम जानकी ट्रेडर्स एण्ड सपलार्यस (एस आर ईन्टरनेसनल) माफर्त जनकपुरधाममा उपभोक्ताहरुलाई विक्री वितरण गर्दै आएको छ । इन्र्भटर,व्याट्रि,स्टेपलाईजर लगायतका समाग्रीहरु विग्रेपछि ठीक गराउनका लागि मर्मत केन्द्रमा ल्याउनका लागि उपभोक्ताहरुलाई समस्या हुदै आएकोले कम्पनीले उपभोक्ताको घरमै सेवा दिने अभिप्रायका साथ रामजानकी ट्रेडर्स माफर्त जनकपुरधाममा सर्भिस सेन्टर संचालनमा ल्याएको र ग्राहकलाई समस्या परेको खण्डमा सर्भिस सेन्टरका प्रतिनिधी ठाउकै ठाउ समस्या सामाधान गर्ने सेन्टरको उदैश्य रहेको लिभफास्टका नेपाल अध्यक्ष जयप्रकास सिंह साहले वताए ।

व्याट्री सम्वन्धी लामो समय देखि कारोवार गरिरहेका यू राम जानकी ट्रेडर्स एण्ड सपलार्यस (एस आर ईन्टरनेसनल) का संचालक लालबाबु साह (करन पजियार) ले आफुले विक्री वितरण गर्दै आएको इनभरटर समाग्रीहरुमाथि उपभोक्ताको विश्वास रहेको र यस विश्वासलाई अझै प्रगाढ वनाउन र उपभोक्तालाई अझ बढि सेवा सुवीधा प्रदान गर्नका लागि सर्भीस सेन्टर संचालनमा ल्याइएको वताए ।

सोमवार देखि जनकपुरधामको मिल्स एरियामा संचालनमा ल्याइएको सो सर्भिस सेन्टरमा शनिवार वाहेक सबै दिन सुविधा प्रदान गरिने वताइएको छ । आजै इनरभरटर खरिद गरेका ग्राहकहरुलाई राइस कुकर उपहार दिइएको थियो । कार्यक्रममा कम्पनीका म्यानेजर डायरेक्टर प्रदिप भट्टराईको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News