२०७८ श्रावण १२, मंगलवार ०७:०२

किवानिज इन्टरनेशनलको क्लब राजविराजमा संचालनमा आएको छ ।

सोमबार एक कार्यक्रमबीच क्लबका डिभिजन नं. १ का ल्युटिनेन्ट गर्भनर इलेक्ट नवीन खतिवडाले क्लब उद्घाटन गरेका हुन् । देशभर १० वटा डिभिजन र ८२ वटा क्लब रहेको संस्थाको प्रदेश २ मा पहिलो क्लबको रुपमा संचालनमा आएको सो अवसरमा उनले जानकारी दिए । खतिवडाले संस्था बारे जानकारी गराउँदै किवानिज संस्था बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रीय संस्था भएको र यसको शुरुवात संयुक्त राज्य अमेरिका बाट भएको बताए । उनले क्लबले बालबालिकालाई थोरै भए पनि विकास गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरे । सप्तकोशी सप्तरी नामाकरण गरिएको उक्त क्लबका अध्यक्ष दीपेन्द्र भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा लेटाङ्ग क्लबका अध्यक्ष भाष्कर ज्ञवालीले सरसफाईको क्षेत्रमा काम गर्ने सप्तरी युथ सहित नेपाल पत्रकार महासंघ सप्तरी, नौलेज फार आल र सप्तरी सामुदायिक विकास केन्द्र लगायतका संस्थालाइ सरसफाईको सन्देश भएका ब्राउजर समाजमा सन्देशको रूपमा बितरित गर्न हस्तान्तरण समेत गरे ।

संस्थाको उद्देश्यमाथी सप्तरी क्लबका प्रेसिडेन्ट एलेक्ट किरण कुमार ढकालले प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन क्लबका उपाध्यक्ष सतीश कुमार दत्तले गरेका थिए ।

Comment


Related News

Latest News

Trending News