अपडेट 
२०७८ श्रावण १२, मंगलवार २०:१७

नेपालमा कोभिड–१९ को डेल्टा प्रजातिको अर्को नयाँ भेरियन्ट पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षणका लागि भारत पठाइएका सबै नमूनामा डेल्टा भेरिएन्ट पुष्टि भएको जनाएको छ । परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट र तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भएको मन्त्रालयले जनाएको छ । पुष्टि भएका तीनवटा नयाँ डेल्टा म्युटेन्टको नाम एवाइवान राखिएको छ । मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीले विज्ञप्ति जारी गर्दै जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भाग र उमेर समूहका व्यक्तिबाट संकलित नमूनाको परीक्षण गर्दा म्युटेन्ट पुष्टि भएको उल्लेख गर्नुभएको छ ।

भेटिएका भेरिएन्ट र म्युटेन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने देखिएको भन्दै मन्त्रालयले सतर्क रहन अपिल गरेको छ ।

Comment


Related News

Latest News

Trending News