२०७८ श्रावण १३, बुधबार ०७:०९

जनकपुरधाम ।जसपाका अध्यक्ष उपेन्द्र यादव सरकारमा नजाने बताएका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपा चाँडै सहभागि हुने जनकपुर टुडेसितको संक्षिप्त संवादमा उनले भने, तर म सरकारमा जादिन् ।‘पार्टी सरकारमा सहभागि हुने कार्यकारिणी समितिले नै निर्णय गरिसकेको छ’ उनले भने, गठबन्धन सरकारमा पार्टीबाट अन्य साथीहरु मन्त्री हुनेछन् । एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा अध्यक्ष यादव उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए ।मधेशको मुद्दामा प्रधानमन्त्री ओलीसित विवाद भएपछि उनी सरकार छाडेका थिए । ‘अब संगठन निर्माणका लागि सम्पूर्ण समय लगाउने छु’ उनले भने, पार्टीमा अनावश्यक विवाद गरेर संगठनको कामलाई अबरोध गरिएको थियो ।संगठनको कामलाई नै प्राथमिकतामा राखेर अगाडी बढन उनले जसपाका नेता, कार्यकर्ताहरुलाई आग्रह गरे । जसपाबाट सरकारमा वरिष्ठ नेता महेन्द्र यादव अथवा रेणु यादवले नेतृत् वगर्ने छन् ।तर यस सम्बन्धमा टुंगो भने लागिसकेको छैन् ।

Comment


Related News

Latest News

Trending News