अपडेट 
२०७८ श्रावण १३, बुधबार १४:३०

कक्षा १२ को परीक्षा विद्यार्थी अध्ययन गरेकै विद्यालय अर्थात होम सेन्टरमा हुने भएको छ ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होम सेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी गराउनु भएको हो । अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने र यसले कोरोना संक्रमणको जोखिमलाई बढाउन सक्ने भएकाले होम सेन्टरबाट परीक्षा गर्नु पर्ने अवस्था आएको उहाँको भनाइ छ । उहाँका अनुसार कक्षा १२ का २८ भन्दा कम विद्यार्थी भएका एक हजार विद्यालय छन्, ५० भन्दा कम विद्यार्थी भएका दुई हजार ३००, एक सयभन्दा कम विद्यार्थी भएका तीन हजार ४०० र ५०० भन्दा बढी विद्यार्थी भएका विद्यालय ८९ वटा छन ।

एसइइको नतिजा आन्तरिक मूल्यांकनबाट प्रकाशित गर्ने तयारी भएको तर कक्षा १२ को भने आन्तरिक मूल्यांकनबाट नभइ भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होमसेन्टरबाट परीक्षा लिन लागिएको हो । सीसीएमसीसीले स्वास्थ सुरक्षा मापदण्ड अपनाउन भनेकाले सोही अनुसार व्यवस्थापन गर्न परीक्षा केन्द्रहरुलाई भनिएको र अझ भनिने उहाँको भनाइ छ । परीक्षा साउन ३१ देखि भदौ ९ गतेसम्म संचालन हुँदैछ ।

Comment


Related News

Latest News

Trending News