२०७८ श्रावण १४, बिहीबार १०:३२

महोत्तरी जिल्लाको जलेश्वर अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ।

रातो खोलाको पश्चिमी किनारमा बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नरहेको अवस्थामा एक जनाको शव बरामद गरेको हो। जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँमा बग्दै गरेको रातो नदीको किनारमा पानीमा तैरिहेको अवस्थामा सो आधा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनु भयो । शवको टाउको, छाती नरहेको र पेटलगायतका आधा भाग पनि सडेगलेको अवस्थामा पानीमा तैरिरहेको फेला परेका कारण महिला पुरुष के रहेको कुरा पनि खुल्न नसकेको उहाँको भनाई छ ।

प्रहरीले सो शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ ।

Comment


Related News

Latest News

Trending News