अपडेट 
२०७८ श्रावण १४, बिहीबार १५:५९

अमेरिकामा महाशक्तिशाली भूकम्प गएको छ ।

अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा विहीवार ८.१ म्याग्नीच्युडको महाभूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । स्थानीय समयानुसार दिउँसो २ः१५ बजे सो भूकम्प गएकोे हो । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पको केन्द्रविन्दु आपपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । महाभूकम्प गएपछि त्यस क्षेत्रमा सुनामी आउनसक्ने चेतावनी दिइएको छ ।

Comment


Related News

Latest News

Trending News