जनकपुरधाम । कमला नदीमा आएको बाढीले दुई साता अघि बगाएको बाध मर्मत भइरहेको छ । वर्षा हुँदा आउने बाढी बस्तीमा प्रवेश गर्ने जोखिम बढेपछि बाढी रोक्न अस्थायी बाँध निर्माण हुँदैछ । धनुषाको किरतपुर र पटेवामा बाध मर्मतकालागि मजदुर खटिएका छन् । प्लाष्टिकको बोरामा माटो हालेर बाढी रोक्ने प्रयास भइरहेको छ । कमलाको बाढीले कटान गरेको बाध मर्मत बारे उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिहीबार स्थलगथत अनुगमन गरेका छन् ।
मन्त्री भएकै भोलिपल्ट बाध मर्मतकालागि ५० लाख बजेट निकास गरेका मन्त्री भुषालले बाँध मर्मतकालागि वर्षेणी २/४ करोड खर्च गरेर सम्भव नहुने बताए । गुरुयोजना बनाएर बाँधलाई भारतीय सिमा संग जोडने लिक रोड बनाउनु पर्ने बताए । कमला बाँध बगाएको किरतपुर र पटेर्वाका स्थानीयसँगको भेटमा मन्त्री भुसालले सिन्धुली, धनुषा र सिरहामा कमलाको वारिपारी करिडोर सहितको बाध बनाएर भारतीय सिमासंग जोडने लिंक रोडकालागि मन्त्रालयले श्रोत परिचालन गर्ने बताए । कमलाको वाढी नियन्त्रणकालागि थप श्रोत तथा साधन परिचालन गरी मन्त्रालयको गुरुयोजना कार्यान्वयन गर्ने अवस्था आएको उनले बताए । ‘बलियो बाधले तराइको ठुलो कृषि भु–भाग प्रयोगमा आउने भएकोले बहुवर्षीया योजनाका रुपमा कमला नियन्त्रण अभियान अगाडी बढाउने छु’, उनले भने । पहाडी क्षेत्रमा बृद्धि भएको भुक्षयले तराइको नदीको पानी बस्ती क्षेत्रमा प्रवेश गर्ने अवस्था आएकोले कमलाको प्राविधिक, नीतिगत र वितिय श्रोत थपेर समग्र रुपमा गुरु योजना बनाएर नदी नियन्त्रण र आसपासको उब्जाउ भुभाग संरक्षण गरिने मन्त्री भुसालले बताए । स्थानिय र प्रदेश सरकारको तहबाट कमलाको समस्या नियन्त्रण गर्नसक्ने अवस्था नरहेकोले संघिय सरकारले कमला नदी नियन्त्रणकालागि तत्कालै ठोस कार्यायोजना सहित श्रोत परिचालन गगर्ने उनले प्रतिबद्धता जनाए ।
कमला नदी नियन्त्रण आयोजना कार्यालय जनकपुरका प्रमुख एकराज भट्टराइले कमला नदीले गरेको कटान र बाँधको अवस्था बारे मन्त्रीलाइ जानकारी गराएका थिए । मन्त्री भुसालसंगै पुर्व मन्त्री एव्व सांसद मातृका यादव, सांसद दिलकुमारी साह, प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह, राज्यमन्त्री रुवी कर्ण, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद बास्तोला लगायतका सहभागि भएका थिए । बाँध अनुगमन अघि मन्त्री भुसालले जनकपुर स्थित माओवादी केन्द्रका नेता कार्याकर्तासंग भेटघाट गर्दै पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पतनको सुरुवात भएका्े बताएका थिए । नेताहरुलाई वडा स्तरबाट पार्टीको संगठन बनाउन आग्रह गर्दै मन्त्रालयगत काम जनता सम्म पु¥याउन कार्यकर्तालाई सेतुको काम गर्न आग्रह गरे ।


