धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित श्रीनाथ गणले मुसहर बस्तीलाई पक्की शौचालय हस्तान्तरण गरेको छ ।
क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ कुचाईटोल मुसहरबस्तीमा शौचालय, स्नान घर(बाथरुम) र चापाकलको समस्या थियो । नेपाली सेना कल्याणकारी कोषबाट करिब १० लाखको लागतमा पक्की शौचालय ५, बाथरुम २ र ६ ओटा चापाकलको निर्माण कार्य पूरा भएपद्धि शुक्रबार एक कार्यक्रम विच श्रीनाथ गणका कर्नल गजेन्द्र रावलले वडा नं. ६ का वडाध्यक्ष मान बहादुर श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा श्रीनाथ गणका कर्नल रावल विगतका दिनमा पनि नेपाली सेनाले गरिब, असहाय र दलित वस्तीहरुमा विभिन्न किसिमले सहयोग गर्दै आएको थियो र अगामीदिनमा पनि यस्ता वस्तीहरुमा हाम्रो सहयोग साथ जारी रहने बताए । जग्गा उपलब्ध गराईदिएकोम जग्गाधनी प्रदिप खातीलाई उनले धन्यवाद समेत ज्ञापन गरे । त्यस्तै वडाध्यक्ष श्रेष्ठ श्रीनाथ गण नगर भित्र रहेको वडाहरुमा गरिब समुदायको अवस्थालाई मध्यनजर गरी सुविधा सम्पन्न शौचालय, बाथरुम र चापाकल सहयोग गरेकोमा कर्नल रावल लगायत सम्पुर्ण टिमलाई धन्यवाद दिदैँ अगामीदिनमा पनि यस्तै साथसहयोगको अपेक्षा रहेको बताए । शौचालय, बाथरुम र चापाकल पाएर मुसहर वस्तीमा खुशियाली छाएको छ ।
कार्यक्रममा मेजर प्रजुवल साही ठकुरी, कार्यपालिका सदस्य विरेन्द्र सिंह लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


