अपडेट 
२०७८ श्रावण १६, शनिबार ०७:५२

सम्मानित प्रधानमन्त्री श्री शेरवहादुर देउवा जी द्वारा सम्मानित मुख्यमन्त्री श्री लालबाबू राउतजी

कोरोना तेश्रो लहरको प्रतिक्षामा डराएका, घवराएका , मनिपाल विशेष कोरोना अस्पतालमा कहिले उपचार गराउने होला भने सपना संजोएगाा किंकर्तव्यविमूढ जनकपुरवासीको तर्फबाट स्वीकार गर्नोस् आक्रोशमिश्रित जयनेपाल, जयमधेस, जयमिथिला, जयमातृभूमि, लालसलाम लगायतका आफूलाई मनपर्ने अभिभादन । कक्षा ५ मा पढदा रोहिनी खतिवडासर चिठी– पत्रीसंगै ‘ विदा पाउ‘ बारे ’ निवेदन लेख्न सिकाउनु भएको थियो । चुकी पुछारका कक्षामा पढने विद्यार्थीहरुको प्रधानाध्यापकसम्म पहुच हुन्नथे । त्यसैले वर्गशिक्षक मार्फत प्रधानाध्यापकसम्म सुख, दुखका अनूभूति जाहेर गर्नु पर्ने वाध्यता थियो । आफ् ना समस्या र पिडा वर्ग शिक्षक मार्फत अग्रसारित गर्नु पर्थियो । पॉच दशक पछि पनि म आफूलाई पॉच कक्षाका छात्र जस्तै पाउ‘छु । कारण आज पनि पुछारका हामी जस्ता व्यक्तिहरु देशका प्रधानाध्यापक ( प्रधानमन्त्री ) सम्म पुग्न सकि रहेका छुईनौ । आफ् नो सुख दुःखको ईजहार मुलुकको मुखियासम्म गर्न सकिरहेका छैनौं । गाउ‘ गाउ‘मा सिंहदरवार आएको झ्याली पिटिए पनि आम नागरिकले सिंहको अनुभूतिमात्र गरे । जनता दरवारको अनुभूति गर्न सकेका छैनन् । आज पनि वर्गशिक्षक अर्थात् मुख्यमन्त्री मार्फत आफ्नो पिडा पुर्याउनु पर्ने वाध्यता छ ।

अपूरो भन्नेहरुले पनि रमाउने संघीयतासहितको संविधान जारी गर्ने राजनीतिक दलहरुप्रति आभार । जसले मुलुकमा सात थान वर्ग शिक्षकको व्यवस्था गरि दिए अनि आज तिनै वर्ग शिक्षक मार्फत दुई शब्द लेख्ने जमर्को गदैछु । अभिभादन पढेर रिस गर्नु हुने छैन भने आशा गरेको छु । कारण सत्ता गठबन्धन कॉग्रेस, माओवादी , एमाले र जनता समाजवादी पार्टीको भएकोले गठबन्धनका सम्पूर्ण दललाई पुष्पदल अर्पित गर्नु पर्दछ जस्तो लाग्यो । सरकारमा सहभागी भएनि नभएनि केपी ओली नेतृत्वको सरकारलाई ढाल्न माधव नेपालले प्रदर्शन गरेको बठ्याईपूर्ण रणनीतिलाई नमस्कार गर्न मन लाग्यो । यसका अतिरीक्त प्रचण्ड कमरेडको छिनछिनमै फेर्ने बोली र धुर्ततालाई सलाम । उपेन्द्र यादवको दृढता तथा महन्थ ठाकुरको वेचारेपना र राजेन्द्र महतोको सत्तामोहलाई पनि नमस्कार गर्न मनलाग्यो । यी दुवा सलाम र नमस्कार बीच गज्जवको तिकडम भयो र हजुर प्रधानमन्त्री नियुक्त हुनु भयो । विश्वासको मत पनि प्राप्त गर्नु भयो । वधाई तथा शुभकामना । सात पटक प्रधानमन्त्री बन्ने भष्यिवाणी गर्ने ज्योतिषिजीलाई विशेष धन्यवाद । हाम्रो आदरणीय वर्ग शिक्षक मार्फत उक्त ज्योतिषीजीको नाम,नम्बर पठाई दिदा उपकार हुने थियो । हाम्रो तिरका एक नेताले उक्त ज्योतिषीको नम्बर लामो समयदेखि खोजि राख्नु भएको छ । ओली प्रधानमन्त्री छंदा तपाईहरुकै श्रीमुखबाट बारम्वार सुन्ने गरेको थिए– ओली सरकार भ्रष्टाचारमा लिप्त भए । नियुक्तिमा मनपरी गरे । नेताहरुको उपचार खर्चमा करोडौ खर्चे ।

लोकतान्त्रिक मूल्य मान्यतालाई धाराशायी बनाए । सुन्दा यी नाराहरु आकर्षकै लागेका थिए तर एक महिना बित्दा नबित्दै हजुरको सरकारले पनि यस्तै हर्कत देखाउन थालेको अनुभूति हुन्छ । गण्डकी प्रदेशमा दलितको नाम काटेर जग्गा व्यावसायी मालदार व्यक्तिलाई मन्त्री बनाउनु भयो क्यारे ? मेडिकल माफियालाई स्वास्थ्यमन्त्री बनाउनु भयो रे ? आफ्ना प्रियलाई योजना आयोगको उपाध्यक्ष नियुक्त गर्नु भयो रे ? अनि करोडपति झलनाथ खनालको उपचार खर्च वेहोर्ने सरकारी उर्दीपनि जारी गर्नु भयो रे ? वास्तविकता प्रष्टाई पाऊ‘ श्रीमान् । कारण यसको अनुशरण हाम्रो वर्गशिक्षकले पनि गर्न थालेका छन् । दुई दुई पटक मृत्युवरण गरिसकेको संसद सर्वोच्चको लक्ष्मणवुटीबाट पुर्नजिवीत भएको छ । यो खुसीको खवर हो । पॉचौ पटक सरकारको मुखिया नियुक्त भएका हजुर जस्तो पाको राजनीतीज्ञ समक्ष संसदको काम कर्तव्य र अधिकार बारे बोल्नु सूर्यलाई दियो देखाउनु सरह हुने छ । हजुर प्रधानमन्त्रीसंगै सत्तासाझेदार प्रचण्ड कमरेड, माधव कमरेड तथा उपेन्द्रजी र बाबूरामजीलाई राम्ररी थाहा होला – सदनमा ५५ वटा विधेयक थन्किीई रहेका छन् । तीमध्ये प्रतिनिधिसभामा २६ वटा र राष्ट्रिय सभामा १९ वटा छन् । दर्ता र वितरणमात्र भएका विधेयकको संख्या १७ छन् । सभामा पेस भएर पनि विचाराधीन अवस्थामा रहेको विधेयकको संख्या २० छन् । विभिन्न संसदीय समितिहरुमा विचाराधीन अवस्थामा रहेको विधेयकको संख्या १५ छन् । एउटा हाउसबाट पास भएर हाउसमा संदेशसहित पेश भएका विधेयकको संख्या तीन छन् । नागरिकता विधेयक गत तीन वर्षदेखि संसदमा विचाराधीन छ । कानून बन्न नसकेको अवस्था जन्मसिद्ध नागरिकका लाखौं सन्तान नागरिकताविहीन छन् ।

उनिहरु विदेश जान पाएका छैनन् । जागीर थाप्न पाएका छैनन अनि आफ्नो नाउ‘बाट जावो सिम कार्डसमेत खरीद गर्न पाएका छैनन् । ओली नेतृत्वको सरकारले ल्याएको नागरिकता अध्यादेशबारे उपेन्द्र यादवको प्रतिक्रृया थियो – अध्यादेश भन्दा पनि संसदमा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयक पारित गराउन तर्फ ध्यान दिनु पर्दछ । उपेन्द्रजी । अब हजुरकै सरकार छ – लौ बोलीलाई व्यावहारमा परिवर्तन गरौं । नागरिकता विधेयस छिटो भन्दा छिटो पारित गर्न जोडवल गर्नु होला भन्ने आशा लिएको छु । प्रधानमन्त्री जी । यद्यपि हजुरलाई अझ दुई पटक प्रधानमन्त्री बन्नु पर्ने साईत ज्योतिषीले जुराई दिएका छन् । बन्नोस , हाम्रो शुभकामना छ । तर हजुरको पछिल्लो चार कार्यकालतर्फ दृष्टि फिराउ‘दा कालो धर्का बढि देखिन्छन । शंकटकालदेखि लोकतन्त्र दरवार बुझाएसम्मको आरोप हजुरमाथि छ । पजेरो, प्राडो काण्डदेखि सांसदहरुलाई विदेश शयर गराउने जस्ता आरोप पनि नलागेका होईनन । हजुरले नै प्रचण्ड, बाबूरामहरुको टाउको मोल तोक्नु भएको होईन ? आज यिनै नेताहरुसंग सत्ताको सहपान गर्दा कस्तो अनुभव गर्नु हुन्छ होला ? प्रधानमन्त्री जी । हजुरहरु मधेसलाई कांग्रेस पार्टीको गोरहा खेत भन्नु हुन्छ । इतिहासमा मधेसी जनताले यस कथनलाई प्रमाणित पनि गरेको छ । फेरी जनकपुरसंग हजुरको विशेष लगाव रहेको हजुर पटक पटक भन्नु भएको छ ।

अत : जनकपुरवासीको पनि केही जिज्ञासाहरु छन् – जनकपुर रेल्वे कहिले चल्छ ? जनकपुरको फोहर संकलन र व्यवस्थापनमा संघीय सरकारको भूमिका छ कि छैन ? जनकपुरधाम उपमहानगर पालिकाले लैण्डफिल साईटको जोहो गर्न सकेन । यसमा संघीय सरकारको भूमिका हुन सक्छ कि सक्दैन । पूरा नहुदै भत्किन थालेको हुलाकी राजमार्ग कहिले पूरा हुने ? अनि कोरोना कालमा संघीय सरकारले निती निर्देशनमात्र दिने कि सहयोग पनि गर्ने ? पॉचो पटक प्रधानमन्त्री नियुक्त हुन पाउनु हजुर , हजुरको जहान परिवार र पार्टीको लागी गौरवको विषय हो । जीवनको उतरार्धमा प्रधानमन्त्री बनेर नेपाली जनताको हितमा हाम गर्नु हुने छ भन्ने आशाका लिएको छौं ।

तपाईको जनकपुरिया

Comment


Related News

Latest News

Trending News