२०७८ श्रावण १६, शनिबार ०७:५६

जनकपुरधाम । नेपाल शिक्षक महासंघ प्रादेशिक समितिले सहमति कार्यान्वयनको माग अघि सार्दै अनिश्चितकालीन रिले अनसन गरेको छ ।

महासंघले २०७५ फागुन ९ गते भएको सरकारसंगको ३० वुंदे सहमति कार्यान्वयन गर्ने दबाब स्वरुप शुक्रवारदेखि जनकपुरधामको प्रदेश सरकारको मधेश भवन अगाडी अनिश्चितकालीन रिले अनसन सुरु गरेको हो । आन्दोनलको विषयमा जानकारी गराउँदै महासंघ प्रदेश २ अध्यक्ष मेघनाथ यादवले सरकारले महासंघसंग गरेको सहमति तीन वर्ष पुगेपनि पुरा नगरेको, विद्यालयका शिक्षक कर्मचारीहरुको तलवमा वृद्धि गर्नुपर्ने लगायतका माग रहेको छ । उनले यस वर्ष ल्याइएको बजेटमा शिक्षकमाथि विभेद गरेको बताउदै निजामती कर्मचारी जस्तो पनि सेवा सुविधा दिनबाट सरकार पञ्छिएकोले बाध्य भएर आन्दोलन गर्नुपरेको बताए । अध्यक्ष यादवले आफुहरुले उठान गरेको माग सरकारले सम्वोधन नगरे सम्म सुरु गरिएको आन्दोलन समाप्त नहुने र छिटै सरकारको ध्यानाकर्षण नभए यो भन्दा पनि कडा आन्दोलन गर्ने बताए ।

Comment


Related News

Latest News

Trending News