अपडेट 
२०७८ श्रावण १६, शनिबार ०८:१९

आगामी साफ च्याम्पियनसिप नेपालमा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले आसन्न साफ च्याम्पियनसिप नेपालमा नै गर्ने निर्णय गरेको हो । बंगलादेशमा हुने भनिएको साफ च्याम्पियनसिप गर्नका लागि साफले नेपाललाई प्रस्ताव गरेको थियो । साफको प्रस्तावलाई स्विकार्दै एन्फाले पत्र पठाएको हो । एन्फाको कार्यसमितिको आपतकालिन बैठकले साफ नेपालमा गर्ने निर्णय गरेको हो । बैठकले साफ नेपालमा गराउनका लागि सरकारले गरेको सहयोगको धन्यवाद दिनेपनि निर्णय गरेको छ ।

हालका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले साफ नेपालमा गर्नका लागि ५ करोड रुपैयाँ दिने मौखिक सहमति दिएको छ ।

Comment


Related News

Latest News

Trending News