अपडेट 
२०७८ श्रावण १६, शनिबार १६:४९

नेपालमा शनिबार थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार २ सय ६३ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय ८० र ४ हजार २ सय ५६ एन्टीजेन परिक्षणका क्रममा ८२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा ७ लाख ५६ हजार ७३९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै थप २३ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा ९ हजार ८ सय ५८ को कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार ९ सय १६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ५४ हजार १७७ संक्रमित निको भएका छन् । हाल ३१ हजार ३५५ सक्रिय संक्रमित आइशोलेशनमा र ३८० जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३६ लाख ३ हजार ४ सय ६५ पिसिआर र ३ लाख १८ हजार ३६७ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News